विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तरास्ट्रिय युवा दिवस २०१९ को अवसरमा आवाज नेपाल द्वारा अभिमुखिकरण

सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।।

अन्तरास्ट्रिय युवा दिवस २०१९ को अवसर पारी शनिबार युवाका साथ साथ आवाज नेपालले TEA-TALK कार्यक्रमको आयोजना गरेको छ । जिल्ला समन्वय समिती, भक्तपुरको सभाहलमा आयोजना गरिएको कार्यक्रममा युवा अवसर र चुनौती सहित भविष्य निर्माणका सन्दर्भमा युवाहरुलाइ अभिमुखिकरण गरिएको थियो । साथसाथै कार्यक्रममा विभिन्न क्षेत्रका सफल उद्धमी तथा व्यावसायिहरुले आफ्नो अनुभव मार्फत युवाहरुलाइ उत्प्रेरणा प्रदान गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा प्रमुख बक्ताको रुपमा बिष्णुहरी दाहाल युवा अभियन्ता र सन्जय खड्का हुनुहुन्थ्यो । जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुवर, सुर्यबिनायक नगरकार्यपालिका सदस्य दिपक बिशुन्के, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा, साना तथा घरेलु उधोग महासङ्घका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, युवा उधमी सनिस लगेजु, युवा समाजसेवी सुमित्रा चौलागाईं लगाएतले आफ्नो अनुभव र आफ्नो सफलताको कथा प्रस्तुत गर्नुभएको थियो ।

Karaiya Mai Notice Winter

युवाहरुलाइ स्वदेशमै भएको स्रोत पहिचानमा सहजता पुराउन, यहाँ भएको अवसरहरुको सदुपयोग गर्न र चुनौती सामनाका उपायहरु सिकाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो जस्ले युवाहरुलाइ सकारात्मक बिचार र उनिहरुको क्षमता बिकासमा समेत सहयोग पुर्याउने छ।” युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले बताउनुभयो । युवा बिदेश पलायन घटाउनका लागि र युवाहरुलाइ सकारात्मक बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण हुने भएकाले यो कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष राजेश घिमिरेले बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्लाका ७६ जना युवाहरुको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed