विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नागरिक सम्बाद मंच बारा द्वारा वाडा अध्यक्षहरु लाइ ध्यानार्कषन पत्र

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।। 

नागरिक सम्बाद मंच बाराले आज पनि कलैया उप-महानगरपालिकाका चार वटा वाडा अध्यक्षहरु लाइ ध्यानार्कषन पत्र बुझाएका छन् । समाजमा अशिक्षाका कारण रहेका रुढीवादी परम्परा लाइ निरुत्साहित गर्न लाइ ध्यानाकर्षण गराउदै ज्ञापान पत्र बुझाएका छन् । सुन्दर शान्त नेपाल परियोजना अन्तरगत गठन भएको जिल्ला स्तरिय जनजागरण युवा क्लबको सहजीकरणमा मंचले यौनिक अल्पसंख्यकहरुको उथ्थानका लागि, सिनेटरी प्याडको प्रयोगमा जनचेतना जगाउनलाई वाडा अध्यक्षहरु लाइ ध्यानाअर्कषन गराउनका लागि सो पत्र बुझाएको संवाद मंचका सदस्य साजिर मन्सुरले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

महिला हरुको मासिक धर्म हुने बेला सावधानी न अपनाएको कारणले बिभिन्न जोखिमहरुको सामना गर्नु परेकोले समयमै सचेत भई बिभिन्न रोगहरुको सिकार हुन् बाट बाच्न जन चेतना जगाउन ध्यानाकर्षण पत्रमा रहेको सरबरी अख्तरले बताइन । मासिक धर्म हुने बेलामा त्यसमा हुनेगरेको कमि कमजोरीले गर्दा क्यान्सर जस्ता भयानक रोगको सिकार हुनेगरेको हुनाले त्यसको समयमै रोकथामका लागि जनचेतना जगाउने उदेश्यले उक्त पहल गर्न ज्ञापान पत्र बुझाएको मंचका सदस्य प्रभु यादवले बताए ।

ध्यानाअर्कषन पत्र बुझदै चार वटै वाडा अध्यक्षहरुले नागरिक संवाद मंचले  गरेको पहल पहिला नै हुनु पर्ने हामि बाटै तर तपाइँ हरुले ध्यानाकर्षण गरि पहल गर्नु अति सराहनिय रहेको भन्दै अभियानलाई पुर्ण रुपमा सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । बाडा न. १ का वाडा अध्यक्ष हरिओम साह सोनार, बाडा न. ४ का वाडा अध्यक्ष जाटा शंकर सहनी, बाडा न. ६ का वाडा अध्यक्ष गम्भीरा साह, बाडा न. ८ का वाडा अध्यक्ष विक्रम यादव, लगायत का लाइ नागरिक सम्बाद मंच बारा कलैयाका सदस्य प्रभु यादव, सिकेन्द्र पासवान, साजिर मन्सुर, मंजु सुवेदी, सरवरी अख्तर, सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम संयोजक श्रीनिवास बैठा संचारकर्मी अनिल वर्मा लगायतकाले ध्याना कर्शन गराउदै पत्र बुझाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed