विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्लाहीमा प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार भएका अपराधी मध्ये १ जना पक्राउ।

सर्लाहीमा प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार भएका अपराधी मध्ये १ जना पक्राउ।

सिम्रौन्गढ़ नपा psa

सर्लाहीमा प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार भएका अपराधी मध्ये १ जना पक्राउ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।भदौ ०३ । ईलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीका गत २०६७ मंसिर १७ गते बेलुकी तत्कालीन भुमिगत तराई मुक्तिमोर्चाका कार्याकर्ताले प्र.ना.नि लवजंग चौहानलाई खोली हानी घाइते बनाएर फरार भएका अपराधी मध्ये १ जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन्। सो समयमा प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा केही प्रहरी गस्तीमा खटिएको टोलीलाई हेर्दा भुमिगत तराई जनमुक्ति मोर्चाका केही हतियारधारीले गोली हानी सई चौहानलाई घाइते बनाएको थियो। प्रहरी निरीक्षक पप्पु नायकका अनुसार सो अपराधीहरुले सर्लाही जिल्लाको तत्कालीन भवानीपुर गा.बि.स वडा नंबर ३ स्थित सुकमारी मन्दिर नजिक सई चौहानलाई गोली हानी घाइते बनाएपछि सई चौहानको ५४ एम एमको चाईनिज पेस्तोल लुटी भागेका थिए। सोही समय देखि अपराधीलाई खोज्ने कार्य सुरु गरेपछि ३ जना विभिन्न मितिमा पक्राउ भएको थियो भने अन्य दुई जना फरार नै रहेको थियो। सोही समयमा सर्लाहीबाट १ जना र रौतहटबाट दुई जना पक्राउ भएको थियो। पक्राउ भएको दुई जना अभियुक्तहरु भागी जिल्ला रौतहट साबिक गा.बि.स भलोहिया वडा नं. ०७ हाल दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थितबाट भूमिगत तराई मुक्ती मोर्चाका ५ जना मध्येबाट २ जनाको साथबाट कटुवा पेस्तोल १ थान गोली १ थान र २ थान खोका फेला पारि नियन्त्रणमा लिई हातहतियार खरखजाना मुद्धा चलाएको थियो । भने अन्य दुई जना फरार रहेको थियो। फरार रहेको अपराधी मध्ये १ जनालाई प्रहरी निरीक्षक नायकको कमाण्डमा खटिएको टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. २ बस्ने वर्ष ४२ को रामएकवाल सहनीलई झाँझपुलबाट पक्राउ गरेका छन। पक्राउ सहनी बिरुद्ध अावश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्। भने अन्य एक जना अपराधीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक नायकले जनाएका छन्। प्रहरी निरीक्षक नायक रौतहट अाएको दिन देखिनै पछिल्लो समयका फरार रहेका अपराधीहरुलाई पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाई पिडितलाई न्याय दिलाउन लागेका र रौतहटबाट अपराधीक घट्ना न्यून गर्नमा लागि परेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed