विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालबाट भारतमा रक्सी तस्करी गराउने साहु साह प्रहरीको खोरमा।

नेपालबाट भारतमा रक्सी तस्करी गराउने साहु साह प्रहरीको खोरमा।

सिम्रौन्गढ़ नपा psa

नेपालबाट भारतमा रक्सी तस्करी गराउने साहु साह प्रहरीको खोरमा।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।भदौ ०३।भारतको बिहार राज्यमा बिहार सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि नेपालको रौतहट जिल्लाको बोर्डर एरियामा रक्सी बिक्रीवितरण तथा बिहारमा रक्सी तस्करी तीब्र रुपमा बढेको देखिएको थियो। रौतहटको विभिन्न नाकाबाट रक्सी तस्करी हुदैथ्यो तर मुख्य नाईके फेला नै नपरेपछि प्रहरी निरीक्षक पप्पु नायक सहितको टोलीले मुख्य नाईकेकै खोजीमा लागि पर्यो। गत१६ गते बिहानको समयमा रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ४ ठुलो लतमरी चौकमा NL-07-7236 भारती नम्बरको प्लेटको बोलेरो गाडी र नम्बर नखुलेको ५ (पाच) वटा मोटेसाईकलमा सौफी रक्सी लोड गरी नेपालबाट अबैध रुपमा भारत तर्फ लगिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी निरीक्षक नायकको कमाण्डमा (CIT) ले पक्राउ गरेका थिए। पक्राउ पछि अावश्यक कार्वाहीका लागि गौर भन्सार कार्यालय पठाईएको थियो।गौर भन्सार कार्यालयले १५ लाख ४५ हजार धरौटी टोकेपछि रक्सी तस्करी गराउने मुख्य नाईके रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४५ को उपिन्द्र साह भागी फरार भएको थियो। साहु साहलाई पक्राउ गर्न प्रहरी परिचालन गरेपछि हिजो बेलुकीको समयमा आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। पक्राउ पछि अावश्यक कार्वाहीका लागि अाज गौर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed