विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महोत्तरीमा चारओटा माविका छात्राहरुलाई साईकल वितरण

सिम्रौन्गढ़ नपा psa

संजय साह, महोत्तरी ।। 

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तरगत मंगलवार  महोत्तरीको विभिन्न चारओटा माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ । महोत्तरीस्थित ४ ओटा मा विमा २ सय ७३ ओटा साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको छ

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

 साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ ओटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनको ५ सय रुपैया दिने धोषना गर्नुभएको छ । उहाँले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो । राज्यमन्त्री कुशवाहाले प्रदेशलाई विकसित गर्न हामी सबैलाई महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed