विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,भाद्र -३
बिराटनगर , श्री कृष्ण जन्माष्ठमीको भोलिपल्ट भाद्र ७ गते निकालिने ऐतिहासिक रथ यात्रामा ८० हजार रुपैया बराबरको १ क्युन्ट्ल फूल हेलिकप्टर बर्षाइने भएको छ।बिराटनगरबाट निकालिने एशियाकै ठूलो दोस्रो रथयात्रा बि.स.१९८८ साल देखि यूगल जोडि श्री राधाकृष्णको मुर्ति खट्मा राखेर घुमाउने गरेको थियो भने बि. स.२०२५ सालबाट रथमा राखेर घुमाउने गरेको छ।
बिराटनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बाबुराजा ओझाले भाद्र ७ गते श्री राधाकृष्ण मन्दिरबाट ३ बजेर ३० मिनेटमा रथयात्रा सुरु भएर ७ किलोमिटरको दुरि तय गर्दै मेनरोड हुँदै महेन्द्र चौक, धरान रोड, बरगाछी हुँदै ४ घण्टा ३० मिनेटमा पुनः मन्दिर परिसरमा आईपुग्ने जान्कारी गराउनु भयो।
भक्तजनहरुको सुबिधाको लागि ४० स्थानमा विश्रामको ब्याबस्था गरिएको छ।
पेगोडा शैलिमा बनाइएको रथको लम्बाइ २२ फिट ,चौडाइ १४ फिट र उचाई १८ फिट रहेको सुनौलो रङ्गको रथको अग्र भाग जुवाबाट ७५ फिट लम्बाईका दायाँ र बायाँ पट्टि लठ्ठा डोरि रहने ओझाले जानकारी गराउनु भयो।जस्मा दायाँ लठ्ठा पुरुष र बायाँ लठ्ठा महिला भक्तजनले तन्ने परम्परा रहेको छ। सो रथयात्राको अग्र भागमा करिब ३ किलोमीटर सम्म बिभिन्न जातजाति , सम्प्रदाय ,धर्म एवं संस्कृती झल्कने झाकी एवं भजनमन्डलिहरु ताती रहने जनाउनु भयो।
रथयात्रालाई ब्यवस्थित रूपबाट सम्पन्न गर्न मन्दिर कार्यसमितिको अध्यक्ष बाबुराजा ओझाको अध्यक्षतामा विभिन्न १८ वटा उपसमितिहरु निर्माण गरेको छ भने रथयात्राको दिन मुख्या स्थानहरुमा कडा सुरक्षाका लागि प्रहरी परिचालन गर्न लगाउने जन्कारी गराउनु भयो।
रथयात्राको शुभारम्भ प्रदेश न. १ का प्रदेश प्रमुख, सामान्य प्रशासन मन्त्री र मुख्यमन्त्री गर्ने ओझाले बताउनु भयो।
रथयात्राको अबलोकन गर्न नेपाल र भारतबाट ५ लाख भन्दा बढी श्रद्धालु भक्तजन बिराटनगर आउने आयोजक समितिले अपेक्षा गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed