विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा गढीमा दिन दु:खी लाइ सेवागारी मानव धर्म निभाइयो

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।। 

हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बेला दीनदु:खी मारमा परेको बेला नियम कानुन लाइ हेरे भने ज्यान जान सक्छ तर सहयोग हुन् सकदैन तर बारा गढी गाउपालिका कर्मचारीले दिनदु:खी लाइ सेवागारी मानव धर्म जोगाउदै उदाहरनिय कार्य गरेका छन् । नेपाल भनेको एउटा यस्तो देशको रुपमा चिनिन थालेका छन् जहा मानवलाई मारेर आफ्नो जीवनको रोटि सक्ने गरेको देश हुन् पुगेको बारेमा बिहान बेलुका आमजनताहरुले चिया चर्चाको बिषय बनाउने गरेका छन् ।

नेपालमा जनता बाट कर लिने तर जनताले पाउनु पर्ने सेवा सुबिधा परे जावोस आफैले बनाएका नियमकानुन पालना समेत नगरेको आम जनताको बुझाइ रहेको छ । नेपालमा तीन तहको सरकार भएर पनि जनता लोकतन्त्रको अनुभूति गर्न नसकेको अवस्था रहेको स्वयम् जनप्रतिनिधिहरुले नै स्वीकार गर्ने गरेका छन् । नेपालमा मानवलाई दिनहु दानव जस्तो व्यवहार गरि मार्ने गरेकाचन तर त्यसको कुनै छन् विन हुन् सकिरहेको छैन भन्ने बारेमा आमजनताहरुले चर्चा गर्ने गरेका छन् ।

तर आज बारागढी गा.पा वार्ड नं.१ बसतपुर निवासी चमेली देवी मलाहीनको वुहारी तथा नाती विगत केही दिन देखी शक्सत विरामी भइ रक्साैलको डकन होस्पिटलमा भर्ना भइ उपचार गराइ रहेको तथा वहा अति विपन्न वर्गमा पर्ने भएकोले उपचार गराउन पैसाको अभाव भएको ले बारागढी गा.पा का कर्मचारीहरुले आफ्नो गोजीबाट चन्दा उठाएर एकमुष्ठ रु ५१९० आर्थिक सहयोग लेखा अधिकृत श्री अजय चाैधरीको नेतृत्वमा दिएका छन् ।

चमेली देवीले वाडा कार्यालय बाट सिफारिस लिएर आए तर असहाय, असक्त तथा बिपन्न व्यक्तिलाइ सहयोगका लाइ बोर्डको बैठक बाट निर्णय नगरी ततकाल सहयोग गर्न नसक्ने भएकोले लेखा अधिकृत चौधरी को नेतृत्वमा चन्दा उठाएर सहयोग गरि मानव धर्म निभाएको सोहि कार्यालयका कर्मचारी उपेन्द्र साहले जानेका हुन् ।

Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed