विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ।

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ।

सिम्रौन्गढ़ नपा psa

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।भदौ ०८। लाखौं मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेका छन्। नेपाल भारतको खुल्ला सिमाना नाका भएको कारण विभिन्न थरीका समानहरुको तस्करी बढेता पनि प्रहरी निरीक्षक पप्पु नायक समेतको टोलीले तस्करी नियन्त्रणमा लागि परेका छन्। जिल्लामा पछिल्लो समयमा हुने तस्करी अहिले ५०% मा झरेको प्रहरी निरीक्षक नायकले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको Crime Investigation Team (CIT) लेगस्ती गर्दै जाने क्रममा रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. १ ईद्रिस गेटस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी झुन्खुनवा तर्फ लादैगरेको थानको कपडा, बच्चाको पेन्टी, सेन्डो गन्जी, कुर्ता सुरवाल, बच्चाको हाप पेन्ट, बच्चाको भेष्ट, जिन्स पैन्ट ठुलो सानो, सल, गम्छा, बच्चाको टि-सर्ट, बोलबम भेष्ट, बोलबम कटु, सुति साडी, सर्टलगायतका सामानहरु पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएका छन्। भने गौर नगरपालिका वडा नंबर ६ स्थित रहेको बसपार्कबाट भन्सार छलीका लत्ताकपडा पक्राउ गरेका छन्। त्यसतै गौर नगरपालिका वडा नं.१ स्थितबाट कुर्ती, कुर्ता सुरवाल र सुतीको साडी पक्राउ गरेका छन्। पक्राउ पछी रु ३,०५,३५०।- (तीन लाख पाँच हजार तीन सय पच्चास) मुल्य बराबरको लता कपडाहरु पक्राउ गरी अावश्यक कार्वाहीका लागि भन्सार कार्यालय पढाइको छ। बोर्डरमा प्रहरीको गस्तीमा कमी भएको कारणले नै भन्सार छलीका लत्ताकपडा सहित विभिन्न सर-समानहरु तस्करहरु भारतीय समानहरु नेपाल भित्र्याउने गरेको अनुमन लगाउन सकिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed