विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

यी खानाहरुबाट तय गर्न सकिन्छ, ब्यालेन्स डाइट

सिम्रौन्गढ़ नपा psa

अनुश्री आचार्य
न्युट्रेशनिस्ट तथा कार्यकारी निर्देशक
न्युट्रिशन क्योर नेपाल
डाइट ब्यालेन्स भन्नाले खानाहरुको मात्रा उचित रुपमा मिलाएर खानु भन्ने बुझिन्छ । हामीले हाम्रो खानामा विभिन्न किसिमका खाद्यान्न वस्तुहरु समावेश गरिरहेका हुन्छौं । त्यस्ता खाद्यान्नहरु उपयोग गर्दा हामीले कसरी र कुन—कुन खानाहरु उपभोग गर्ने भन्ने विषयमा अनभिज्ञ हुँदा त्यस्ता खाद्यान्नबाट प्राप्त गर्नुपर्ने पौष्टिक आहार प्राप्त गर्न सकिदैन् । त्यसैले हामीले खानाको सेवन गर्दा त्यसको परिमाणको बारेमा बुझेर मात्र उपभोग गर्नु पर्दछ । हामी धेरैजसोलाई हामीले पौष्टिक आहारायुक्त आहाराको सेवन गर्नुपर्छ भन्ने थाहा छ । तर, हामीमध्ये धेरैजसोले त्यस्ता वस्तुहरुको उपभोग गर्ने नाममा अनावश्यक रुपमा एकैचोटी त्यस्ता खानाहरुको प्रयोग गर्छौ । आवश्यकताभन्दा बढी पौष्टिक तत्व हाम्रो शरीरले राम्ररी पचाउन सक्दैन र फलस्वरुपः त्यस्ता वस्तुहरु हाम्रो शरीरमा नै कोलेस्टोरको रुपमा जम्मा भै बस्छ । र, त्यसैबाट हामीलाई विभिन्न समस्याहरु देखापर्ने हुन्छ । तसर्थ, हामीले पौष्टिकयुक्त खानाहरु पनि उचित मात्रामा मिलाएर वा खानु पर्दछ । अर्थात् हामीले डाइट ब्यालेन्सको प्रयोग गर्नुपर्दछ । आज हामी यहाँ दैनिक खानामा समावेश गर्नुपर्ने डाइट ब्यालेन्स खानाहरुको महत्व र ती कुन—कुन खानाहरुबाट प्राप्त गर्न सक्छौं भन्ने सम्बन्धमा छलफल गर्दैछौ ।

कार्बोहाइड्रेट

कार्बोहाइड्रेट हाम्रो शरीरको निम्ति अत्यावश्यक तत्व हो । हाम्रो दैनिक खानामा समावेश गर्नुपर्ने तत्वमध्ये यो पनि एक हो । जसरी हाम्रो गाडी चल्नको निम्ति प्रेट्रोल तथा डिजेलको आवश्यकता पर्दछ, त्यसैगरी कार्बोहाइड्रेटले पनि हाम्रो शरीरमा शक्ति प्रदान गर्ने काम गर्दछ । यो सामान्य ब्यक्तिको तुलनामा शारीरिक क्रियाकलापहरु बढी गर्ने ब्यक्तिलाई ५० प्रतिशत वा सोभन्दा बढी मात्रामा आवश्यक पर्दछ । व्यक्तिको रोग र शरीरअनुसार फरक पर्ने गर्दछ । तसर्थ, हामी सबैको निम्ति एकै किसिमको र सबैलाई एकै मात्रामा कार्बोहाइड्रेट आवश्यक पर्छ भन्ने हाम्रो सोच गलत धारणा मात्र हुन जान्छ । अर्थात्, यदि कुनै ब्यक्तिको काम कम्प्युटरमा मात्रै निहित छ र उसले शारीरिक रुपमा अन्य किसिमको काम गर्नु पर्दैन भने त्यस्ता व्यक्तिलाई कार्बोहाइड्रेटको कम आवश्यकता पर्दछ । त्यस्ता ब्यक्तिलाई कार्वोहाइड्रेटका कम आवश्यकता पर्ने हुन्छ । कार्बोहाइड्रेड प्राप्त गर्न हामी दुध तथा दुधबाट बनेका परिकार, धान, खाद्यान्न, फलफुल गेडागुडी तथा रोटीजस्ता आदि खानाबाट प्राप्त गर्न सक्छौ ।

Prasauni holi 2082

प्रोटिन

डाइट ब्यालेन्स अन्तर्गत आवश्यक तत्व प्रोटिन पनि हो । हाम्रो शरीरको मांसपेशीहरुलाई तन्दुरुस्त राख्नको निमित्त प्रोटिनले अहम् भूमिका निर्वाह गरेको हुन्छ । यसले हाम्रो शरीरको कोष, मांशपेशी तथा छालाहरु बनाउन मद्धत गरी घाउहरु छिटो निको पार्ने गर्दछ । जस्तो, कुनै पनि व्यक्तिको शल्यक्रिया गरेको छ भने हामीलाई त्यस समयमा बिरामीको घाउ छिटो निको पार्नको निमित्त प्रोटिनको आवश्यकता पर्दछ । हाई प्रोटिनयुक्त खानाहरु खानाले उक्त घाउलाई हामीले कम समयमा नै निको पार्दछ । यो दुध, चिज, दहि, अण्डा तथा अल्डमान्डजस्ता आदि खानाहरुमा पाइन्छ ।

फ्याट

karaiya holi 2082

यस्तै फ्याटलाई पनि डाइट ब्यालेन्सको निमित्त आवश्यक तत्व मानिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । तर, कतिपय व्यक्तिहरुमा हामीले चिल्लो खानाहरु बाट टाढै बस्नुपर्छ भन्ने गलत मान्यता रहेको पाइन्छ । अझ भर्खरै मात्र शल्यक्रिया गरेको व्यक्तिहरुले त, झनै यसको प्रयोग पनि गर्न हुदैन भन्ने अन्धविश्वास जनमानसमा रहेको पाइन्छ । तर, हामीले स्वस्थ्य र ताजा तेलको सहि प्रयोग गरेको खण्डमा यसले हाम्रो शरीरमा फाइदा पु¥याउँछ । एउटै तेल विभिन्न खानाहरुको लागि प्रयोग गरिएको तेल र बासी तेलमा वा लगातार तताइएको तेलमा त्यसको गुण नै नष्ट भइसक्छ । तसर्थ त्यस्तो तेल भने हाम्रो शरीरको निमित्त हानिकारक हुन्छ । एभोकाडो, चिज, डार्क चकलेट, पेस्ता ता ओइली फिसजस्ता आदि खानालाई फ्याटको प्रमुख स्रोत मानिन्छ ।

तरकारी

ब्यालेन्स डाइट अर्न्तगत मुख्य खाना अन्र्तगत तरकारी पनि पर्छ । हामी नेपालीको बानी के छ भने, हामी खानाको समयमा पनि तरकारीको प्रयोग कम मात्रामा गर्छौ । खानाको समयमा प्रयोग गरिएको तरकारीमा हामीले आलु पनि मिसावट गरेर बनाउने भएकोले हामीले पर्याप्त मात्रामा हरियो सागसब्जी तथा तरकारीको मात्रा कम प्रयोग गरिरहेको हुन्छौं । यस अर्थमा हामीले हाम्रो खानामा हरियो तरकारी वा सागसब्जी र एक सामान्य तरकारीको प्रयोग गर्नुपर्दछ ।

फलफूल

हामी नेपालीको एक साझा बानी के छ भने, यदि एउटा व्यक्तिलाई कुनै खानाले फाइदा गरेको खण्डमा हामी सबैले सोही किसिमको खानपिन तथा जीवनशैली अपनाउन खोज्छौ । प्रायजसोः व्यक्तिहरु बिरामी वा कुनै व्यक्तिले यो फलफूल खान हुने र नहुने भनेर छुट्याइ रहेको हुन्छौ । जुन सरासर गलत हो । मैलै माथि उल्लेख गरिसकेको छु कि, कुनै पनि खाना तथा फलफुलको प्रभाव व्यक्तिको शारीरिक बनावट, उसको पाचन शक्ति, मेडिकल रिर्पोट तथा उसको जीवनशैलीमा निर्भर रहन्छ । कुनै पनि फलफुलको प्रयोग आवश्यक र उचित मात्रामा प्रयोग गरेको खण्डमा मात्र त्यसले हाम्रो शरीरलाई फाइदा पु¥याउने गर्दछ । अन्यथा यसका सकरात्मकभन्दा पनि बढी नकरात्मक असर देखिन पुग्दछ ।

source:हेल्थ आवाज

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed