विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

विरगन्जमा टाटाको एच फाइभ एसयभी सार्वजनिक

सिम्रौन्गढ़ नपा psa

बिरगन्ज १२ भदौ — बिरगन्जमा टाटाको नयाँ शोरुमका साथै “टाटा एच फाइभ एसयँभी” विरगंज स्थित प्राईम अटो ट्रेडर्समा सार्वजनिक गरिएको छ ।

साथै टाटाको नयाँ शोरुमको रुपमा प्राईम अटो ट्रेडर्स पनि आजबाटै शुभारभ्भ गरिएको छ । बुधसो कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता रहनु भएका थिए । प्रमुख अतिथि उपाध्यक्ष गुप्ताले रिबन काटी शोरुमको उद्घाटन गर्नु भएको थियो ।

karaiya holi 2082

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयल तथा सिप्रदी ट्रेडिङ्ग कम्पनिजका अध्यक्ष सौर्य एस. जे. बि. राणाले संयुक्त रुपमा टाटा एच फाइभ सार्वजनिक तथा प्राईम अटो ट्रेडर्सको उद्घाटन गर्नुभएको थियो । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ ।

Prasauni holi 2082

एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुस बटन स्टार्ट/स्टप, सेमी–डिजिटल इन्स्ट्रामेन्ट कन्सोल, मल्टी–फङ्गसन स्टरिङ, हाइट–अड्जस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । कार्यक्रममा संचारकर्मी लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजीकरण संचारकर्मी निलिमा पौडेलेले गरेकी थिइन् ।

 

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed