विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नेपाली कांग्रेस विराटनगर नगरले मनायो विपिको जन्मजयन्ती

सिम्रौन्गढ़ नपा psa

कौशल निरौला,विराटनगर
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका साथै अस्पतालका सवै बेरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो । कार्यक्रममा नपाली कांग्रेस मोरडका सभापति डिगवहादुर लिम्वुले विपिको योगदान र उनका भनाइलाई कांग्रेसले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताए । नेपाली कांग्रेस नगरका सभापति तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले विपिको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसमा सवै कांग्रेसीजन गोलवद्ध भएर हिड्न आबश्यक रहेको औल्याए । उनले विराटनगरको विकासमा सवैको खवरदारी र सुझाव आबश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे ,कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने,सचिव प्रकाश दाहाल ,निरज कोइराला , लगायतका ब्याक्तिहरुले विपि जन्मजयन्ती र यस अबसरमा गरिएका कामका बारेमा आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

karaiya holi 2082

पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed