विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

क्यान पर्साको अधिवेशनमा अध्यक्ष पदमा दीपक साह निर्विरोध

सिम्रौन्गढ़ नपा psa

वीरगंज, भदौं १४ पर्सा ।।

कम्प्यूटर एसोसीएसन नेपाल महासंघ पर्सा (क्यान महासंघ)को दोश्रो साधारणसभा तथा अधिवेशन शनिबार वीरगंजमा एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

वीरगंजस्थित अन्नपूर्ण होटलमा आज एक कार्यक्रम बीच १० सदसिय नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले दीपक साहको नेतृत्वमा १० सदसिय कार्यसमिती सर्वसमतबाट निर्वाचित गरेको छ ।

Prasauni holi 2082

karaiya holi 2082

नयाँ कार्यसमितीको उपाध्यक्षमा प्रशान्त साह, सचिवमा जीवनप्रकाश गुप्ता, कोषाध्यक्षमा संजय कुमार सक्सेना, सह-सचिवमा गणेश कुमार साह सोनार रहेका छन भने सदस्यमा आशु कुमार सर्राफ, अर्जुन कुमार अधिकारी, सुरज पटेल, निक्की रौनियार र पुनम कुमारी रहेको क्यान महासंघ पर्साका निर्वाचन अधिकृत प्रमोद प्रसाद साहले जानकारी दीए ।

क्यान पर्साका निर्वतमान अध्यक्ष आलोक कुमार चौरसियाको सभापितित्वमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा क्यान महासंघका राष्ट्रिय अध्यक्ष हेमन्त चौरसियाले क्यान महासंघ पर्सा नेपालकै कान्छो शाखा भएपनी छोटो समयमै उल्लेखनीय कार्य गर्न सफल भएको बताए । उनले क्यान पर्साले सक्रिय रूपमा प्रदेश स्तरीय क्यान इन्फोटेक जस्ता कयौं ठुला कार्यक्रम गराउन सफल भएको बताउदै आगामी कार्यसमितीलाई समेत यसैगरी क्रियाशील रहन आग्रह गरेका थीए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष आलोक चौरसियाले क्यान महासंघ पर्साको आफ्नो यात्रा संघर्षपूर्ण रहेतापनी आफूले आफ्नो कर्तव्य निष्ठापुर्वक निर्वाह गरेको बताए । उनले मृत अवस्थामा आफुले क्यानको नेतृत्व लिएपनी अहिले क्यान पर्सा देशकै सबैभन्दा क्रियाशील शाखा मध्य रहेको दावी गरे । चौरसियाले क्यान महासंघ पर्साको नयाँ कार्यसमितीलाई बधाई दीदै क्यान पर्सालाई सक्रिय बनाई युद्धस्तरमा कार्य गर्न अनुरोध गर्दै बधाई दिएका थिए ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य भुपाल दास श्रेष्ठ, दीपेन्द्र राज सिंह, प्रदेश २ का सचिव सरोजबाबु न्यौपाने, राष्ट्रिय फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम कुमार सर्राफ, प्याबसन प्रदेश २ का कोषाध्यक्ष इमामुदिन अहमद, क्यान रौतहट शाखाका अध्यक्ष जितेन्द्र साह, सर्लाही शाखाका अध्यक्ष नरेश दास, निवर्तमान कोषाध्यक्ष पुर्णिमा ताम्राकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशु सर्राफले गरेका थीए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed