विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सुनयोजित तरिकाले गौ हत्या गरेका लाई कड़ा कारवाही गर्न सम्बन्धित निकाय संग परिषदको मांग

सिम्रौन्गढ़ नपा psa

बीरगंज, बारा १४ भदौ ।।

हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मारिएको घटनाका दोषी लाई कड़ा कारवाही गर्ने सम्बन्धित निकाय संग मांग गरेका छन। कलैयामा पत्रकार भेटघाटको क्रममा पटेलले भने सुनयोजित तरिकाले गौ हत्या गरियो हो यो हत्या सनातन धर्म माथिको प्रहार हो।घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए।

karaiya holi 2082

पटेलले भने सामुहिक रुपमा गौहत्या गरिएको विषयले अब नेपालमा बसने सम्पूर्ण सनातनीहरु अब सोचने बेला आएको बताए।नेपाल सरकार समयमा गम्भीर नभए यसरी नै हिन्दू धर्म र संस्कृति माथि आक्रमण भए परिषद चुप लागेर नबस्ने बताए।

Prasauni holi 2082

राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै पटेलले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्न मांग गरेका छन।

राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण हुनु पर्ने हो तर छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएकाले नेपालजञ्ज उप-महानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यानदिनुपर्नेमा भीरबाट खसालेर मार्नुले गम्भीर आशंका पैदा गरेको पटेलले बताए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed