विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा १ सय ९० वटा साईकल वितरण्

सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा,भदौ १५ गते । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आईतबार मिर्चैयामा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहाको विभिन्न २ वटा विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा मिर्चैया नगरपालिका स्थित २ वटा माध्यमिक स्तरका विद्यालयमा १ सय ९० वटा साईकल वितरण गरेको हो ।

वितरण गर्ने क्रममा सिरहा मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक(प्रा.आ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

Prasauni holi 2082

karaiya holi 2082

साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै गत आर्थिक वर्ष २०७५÷२०७६ मा १४ हजार साईकल वितरण गरेका छन् । उनले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साहले भने मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए । उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए ।

उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे । समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साहले प्रदेशलाई विकसित गर्न सबैले महिला शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रम मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह,समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु साह, मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवि साह,मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल, ,समाजवादी पार्टि नेपालका केन्दी महिला अध्यक्ष निर्माला यादब,अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed