विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

सिम्रौन्गढ़ नपा psa

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

karaiya holi 2082

अमित ठाकुर।रौतहट।भदौ १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मदिरा पसलहरुबाट अबैध घरेलु मदिरा भन्सार सुरक्षा गार्डले पक्राउ गरी नष्ट गरेका छन्। घरेलु मदिराले शरीरमा हानी पुर्याई रहेको हुँदा नेपाल सरकारले प्रतिबन्ध लगाएपछि रौतहटको धेरै जसो ठाउँमा अबैध घरेलु मदिरा त्यार पारी मदिरा पस्लेहरुले बिक्री बितरण गरिरहेको देखिएको छ। गौर भन्सार नजिकको मदिरा पसलहरुमा अबैध घरेलु मदिरा बिक्रीबितरण भईरहेको भन्सार सुरक्षा गार्डलाई खबर हुन साथ प्रहरी सहायक निरीक्षक रामराज कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३ सय लिटर त्यार घरेलु मदिरा पक्राउ गरेका छन्। घरेलु मदिरामा अलकोहल बढी मात्रामा हुँदा दुई बर्षमा १ दर्जन भन्दा बढी ब्यक्तिको मृत्यु भईसकेका छन्। अबैध मदिरा बनाउने ब्यक्तिहरु उरिया मलको बढी प्रयोग गरि घरेलु मदिरा बनाउने गर्दछन्। भारतको बिहार राज्यमा मदिरामा प्रतिबन्ध लगाएपछि भन्सार कार्यालय सम्म मदिरा पसलहरु संचालनमा अाएपछि यसलाई नियन्त्रणमा लिन एकदमै जरुरी रहेको देखिएको छ। पक्राउ परेको घरेलु मदिराहरु भन्सार सुरक्षा गार्डले अाज पत्रकार सम्मेलन गरी वडा नंबर १ का वडा अध्यक्ष भरत साह र २ नंबरका वडा अध्यक्ष राकेश झाको रोहबरमा सो मदिराहरु नष्ट गरिएको प्र सहायक निरीक्षक रामराज कुशवाहाले जानकारी दिएको हो

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed