विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिरहामा गणेश चतुथिको अवसरमा कलश यात्रा

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा, भदौ १६ गते ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६,गणेशटोलमा गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका गणेशटोलले वर्षे लगाउँदै आइरहेको गणेश महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ । कलश यात्रा मिर्चैया नगर परिक्रमागरी नजीकैको वतहा खोला वाट कलश भरी मन्दिरमा आई समापन भएको थियो ।

यस गणेश महोत्सवमा साप्ताहीक रुपमा आज मिति २०७६ भाद्र १६ गते देखि २० गते सम्म दिउँसो २ वजे वाट गुरु किशोर खतिवडा ज्यूवाट गणेश पुराण संगितमय कथा वाचन हुने साथै प्रत्यक दिन वेलुका ७ वजे पछि भजन संध्या र झाँकी प्रस्तुत गरीने आयोजक कमिटी सदस्य मुकेश साहले वताउनु भयो ।

Prasauni holi 2082
karaiya holi 2082

तिज विशेष


देशै भरि तिजका कार्यक्रमहरु भैरहेको र महिलाहरुको विशेष पर्व भएकोले यस महोत्सवमा पनि हरितालिका तिजका श्रद्धालू भक्तजन महिलाहरुको लागी तिज विशेष कार्यक्रम १६ गते रात्रि समयमा समेत आयोजना हुने भएकोले तिजका व्रतालु महिलाहरुकोलागी आयोजना गरिएको जानकारी स्थानीय नेता अजय कुमार यादवले वताउनु भयो । साथै आमन्त्रण नभएपनि व्रतालु तथा अन्य महिलाहरुलाई पुर्ण सहभागि रहने समेत जानकारी दिनुभयो । यस कार्यक्रममा आई मनोरञ्जनर भक्तिभाव देखाउन आग्रह गर्नुभयो । मिर्चैया नगरमा रहनुहुने सम्पुर्ण नारी प्रतिको सम्मानमा पनि यो क्रर्यक्रम गरिएको हो ।

कार्यक्रमहरुमै यस महोत्सवमा १७ गते दिउँसो सांस्कृतिक कार्यक्रम रहेको सांस्कृतिक कार्यक्रमहरुमा विभिन्न कलाकारहरुले कला प्रदर्शन गर्ने रहेको छ र पुर्णाहुति हवन २१ गते शनिवार ८ वजे विहान हुने तथा दान दक्षिण र प्रसाद जितरण २१ गते विहान १० वजे पश्चात रहेको छ भने प्रतिमा विर्सजन २२ गते आइतवार विहान ७ जे रहेको जानकारी सम्पुर्ण नगरवासीमा गराउँदै संचार माध्यमहरुलाई समेत गणेश महोत्सवका सदस्य राजिन्द्र साहले भन्नुभयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed