विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उत्कृष्ट १२ बिद्यालयमा पर्यो रेसुङ्गा मावि गुल्मी ,राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृत गरिने

उत्कृष्ट १२ बिद्यालयमा पर्यो रेसुङ्गा मावि गुल्मी ,राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृत गरिने

सिम्रौन्गढ़ नपा psa

गुल्मी भदौ १८
शिक्षा दिवसका अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको छनौट गरिएको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।

Karaiya Mai Notice Winter

यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुण मावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।यी सबै विद्यायलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed