विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माणकार्य पुनः अलपत्र

तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माणकार्य पुनः अलपत्र

सिम्रौन्गढ़ नपा psa

स्याङजा, पाल्पा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्य अलपत्र बनेको छ। ठेकेदारको चरम लापरबाहीले निर्माण कार्य पुनः अलपत्र बनेको छ।

तीन वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर ठेकेदारको लापरबाहीले पुलको काम पाँच वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन। यो पुलले तानसेन नगरपालिका १४ को अर्गली, गुल्मीको रुरु गाउँपालिका १ को रिडी र स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ कारिकोट चण्डी भञ्ज्याङलाई जोड्ने छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने भनिएको पुल निर्माण कार्य यसरी अलपत्र बन्दा यहाँका नागरिक निरास बनेको कालीगण्डकी गाउँपालिका १ का वडा अध्यक्ष शोभिलाल चौतारे ले रुरु खबर लाई जनाउनु भयो । ‘कामको जिम्मा लिएको ठेकेदारले लापरबाही गरेको भए कारबाही हुनुपर्छ’ उहाँ को भनाइ थियो , ‘स्वयं सरकारले वेवास्ता गर्नु दुखद हो।’

रुरु क्षेत्र बासी भन्छन सरकारका जिम्मेवार व्यक्तिको उपस्थितिमा निकै तामझामका साथ पुलको शिलन्यास गरिएको बताए। उनले भने, ‘पाँच वर्ष पुग्दा समेत निर्माण कार्य सम्पन्न नहुनु दुखद हो। राज्यले तत्काल चासो देखाउन आवश्यक छ। नदीको बीच भागमा एउटा पिल्लर ठड्याइएको छ। तर अरु काम भएको खासै देखिएको छैन।’

२०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नु पर्ने थियो। तर सम्झौता अनुसार २ वर्ष बढी म्याद गुज्रिसकेको छ। समयमै निर्माण कार्य किन नसकिएको हो भन्नेबारे आफू बुझ्ने प्रयासमा रहेको रुरु गाउँपालिका १ का अध्यक्ष रामलाल विकले बताए।

Karaiya Mai Notice Winter

‘तीन जिल्लाको संगमस्थल रिडी रुरु क्षेत्रको कालीगण्डकीमाथि नयाँ प्रविधिसहित पुल बनाउने योजना समयमै सम्पन्न गर्ने सरकारको योजना थियो। तर काम नगर्दा पुल कहिले बन्ने हो भन्ने अन्योल रहेको छ’, अध्यक्ष विकले भने। यता पुल बनाउने जिम्मा लिएको निर्माण कम्पनी रुविना मना जेभी कन्स्ट्रक्सनका ठेकेदार महेन्द्र अधिकारले काम तीव्र गतिमा अगाडि बढेको दावी गरे।

‘बीचमा एउटा पिल्लर उठाउने काम सकिएको छ’ उनले भने, ‘पाल्पा, स्याङ्जा र गुल्मी भेगमा ब्लक उठाउने काम लगभग सकिन थालेको छ।’ नेपालकै नमुना पुल भएकोले यसको प्राविधिक जानकारी नभएकोले निर्माण कार्यमा ढिलाई भएको ठेकेदार अधिकारीले स्वीकार गरे।

झण्डै दुइ वर्ष पुल कसरी बनाउने, कस्ता सामग्री प्रयोग गर्ने र लोड थाम्ने कसरी बनाउने भन्नेबारे जानकारी लिदा नै बितेको उनले बताए। अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए।

ठेकेदार अधिकारीका अनुसार आगामी चैतसम्म पुलको निर्माण कार्य सम्पन्न हुने छ। २०७१ साल असार १० गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेल र गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीले संयुक्त रुपमा तीनमुखे पुलको शिलान्यास गरेका थिए।

सरकारले रुविना मना जेभी कन्स्ट्रक्सनसँग नौँ करोड ८८ लाख रुपियाँ लागतमा तीन मुखेपुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले पुलको बारेमा सामान्य सूचना दिने होर्डिङ बोर्ड समेत राखेको छैन। होर्डिङ बोर्ड नहुँदा काम कहिले सकिन्छ भन्नेमा स्थानीय अन्योलमा छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed