विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्ज एसिड प्रकरण : दोषिलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जका स्थानिय युवाहरुको सक्रियतामा घण्टाघर चौकमा विरोध प्रदर्शन गरिएको छ । एका बिहानै गणेशमान चोकमा बालिकामाथि भएको एसिड प्रहारको घटनाले यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै फितलो भएको भन्दै प्रदर्शन गरिएको सहभागिहरुको भनाई छ ।

महिला सुरक्षा ग्यारेण्टि गर, बहिनी मुस्कानको आरोपितलाई कारवाही गर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । प्रदर्शन पश्चात आयोजना भएको कोणसभामा युवा अभियन्ता ओमप्रकाश सर्राफ, राजपा नेतृ रम्भा मिश्रा, स्थानिय युवा मिरोज आलम, शेख मुन्ना लगायतकाले सम्बोधन गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले विधालय पढ्न जाने क्रममा किशोरी माथि भएको एसिड आक्रमण निकै निन्दनीय भएको बताएका थिए । दोषिलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेका थिए ।

पछिल्लो समय पर्सा जिल्ला लगायत आसपासका क्षेत्रमा अपराधीक क्रियाकलापमा निकै बढोत्तरी भएको देखिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed