विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नक्कली लाईसेन्स सहित ३ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

नक्कली लाईसेन्स सहित ३ जना पक्राउ परेका छन् । मिति २०७६।०५।१८ गते बेलुकी अं.७;०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका छन् ।  जिल्ला बारा कलैया उ.मन.पा.वडा नं.१ स्थित सडकमा जि.मकवानपुर बकैया गा.पा.वडा नं.८ बस्ने ३९ को राम बहादुर स्याङतान, ऐ.ऐ.बस्ने बर्ष ३३ को गोपाल सिंह भुलुन र जि.बारा सुर्वण गा.पा.वडा नं.५ बस्ने बर्ष ४५ को गगनदेव साह समेत ३ जनालाई नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड थान ४, पुरानो सवारी चालक अनुमति पत्र थान १ र रु.८,२५,०००।- बराबरको राम बहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक थान ४ सहित पक्राउ गरिएको छ । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

निजहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रका बाराले जानाएको छ ।

यस भन्दा पहिला पनि गगनदेव साहले 03-05-00042348, 03-05-00042317, 03-05-00042348 नं.को  नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड बनाएको घटनामा मिति २०७५।०१।१० गते जितपुरसिमरा उ.म.न.पा.वडा नं.७ स्थित जितपुर बजारबाट निजलाई उक्त नक्कली लाईसेन्स सहित पक्राउ परी निज उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरी तत्काल मिति २०७५।०२।०५ गते सम्मानित बारा जिल्ला अदालतको आदेशले रु.९,०००।- धरौटी राखी तारेखमा छुटेको र पछि मिति २०७५।१२।१२ गते सम्मानित बारा जिल्ला अदालतको फैसलाले निजलाई १ वर्ष कैद र रु.५०।- जरिवाना ठहर भई फरार रहेको जानाइएको छ । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed