विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा दोस्रो पटक शिबिरबाट व्यवसायीको कर संकलन गरिएको छ 

सिम्रौन्गढ़ नपा psa

गुल्मी ।।

आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा जिल्लाको सदरमुकाम तम्घासमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको हो । जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन हुने शिबिरको पहिलो दिन झण्डै ७ सय जनाले बिभिन्न सेवा लिएको आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख एवं कर अधिकृत सागर पोखरेलले बताए । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख पोखरेलले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिबिरमा नयाँ व्यवसाय दर्ता, व्यक्तिगत प्यान, व्यवसायिक प्यान, कारोवार परिर्वतन, कारोबन्द जस्ता कामहरु भएको कार्यालय प्रमुख पोखरेलले बताए । कार्यालको सेवा पहँुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालयले जनाएको छ । व्यावसाय सम्बन्धीकामहरुसँगै करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गनर्,े कर कहिले तिर्ने जस्ता बिषयहरुमा करदाता शिक्षा पनि प्रदान गरिएको पोखरेलको भनाई छ । गत महिनाको साउनमा पनि २ दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा पहिलो पटक २ दिनसम्म शिबिर आयोजना गरिएको थियो ।

शिबिरमा १ हजार वढि व्यावसायीहरुले सेवा लिएका थिए । धेरै व्यवसायीहरुको छुटेको भन्ने गुनासो आएकाले पुनः एक महिना पछि दोस्रो पटक आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पालाई आग्रह गरेर शिबिरको आयोजना गरिएको तम्घासमा व्यवसायी एवं संयोजनमा सहयोगी बिरेन्द्र भुसालले बताए ।शिबिर शनिबारसम्म चल्ने भएकाले सेवा लिन व्यवसायीहरुलाई भुसालले आग्रह गरे ।

पाल्पा र गुल्मी हेर्ने गरि आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पा कार्यालय स्थापा भएको छ । तर गुल्मीबाट कर लगायत बिभिन्न सेवा सम्बन्धी पाल्पामा जानु पर्ने बाध्यताले यहाँका व्यवसायीहरुले समस्या झेल्दैआएक छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed