विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफुल वितरण

जिल्ला अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफुल वितरण

सिम्रौन्गढ़ नपा psa

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरि स्थापना दिवस मनाएको छ । ३० औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष शेषकान्त घिमिरे ‘ओसन’ लगायतका पदाधिकारीले बिरामीहरूलाई फलफुल वितरण गरि दिवस मनाएका हुन ।
फलफुल वितरण कार्यक्रम पछी मन्तव्य राख्दै संघका अध्यक्ष ओसनले सरकारले कर्मचारी संगठन खारेज गर्नुपर्ने आवाज उठाउनु संकुचित मानसिकताको पराकाष्ठ भएको बताउनु भएको छ । यस सम्बन्धि विधेयक संसदमा पेश हुन नदिन सबै संस्थाहरू एकजुट हुनुपर्ने उहाँको भनाई छ ।कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख कृष्ण खनाल, स्वास्थ्यकर्मी संघका अध्यक्ष गणेशराज पौडेल, अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, नेपाल पत्रकार महासंघका सचिव सुर्यप्रसाद भुसाल, सिबिएका तारा प्रसाद पोख्रेल, कृष्ण वर्मा, रामप्रसाद गौतम, झविन्द्र खनाल, तारा पोख्रेल, विनोद कुवँर लगायत युनियनका नेताहरूको उपस्थित रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed