विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाईयो, एसपी बस्नेतलाई बिदाई

सिम्रौन्गढ़ नपा psa

गुल्मीमा १६ औं निजामती सेवा दिवसको अबसरमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् ।

‘निजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम तम्घासमा निजामति सेवा दिवस बिबिध कार्यक्रमका बिच मनाइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दिवसको अबसरमा सदरमुकाम शुक्रवार शनिवार २ दिनसम्म कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगित, महिला कर्मचारीहरु बिच म्युजिकल चियर प्रतियोगिता, राष्ट्रसेवक कर्मचारी फुटवल प्रतियोगिता राखिएको थियो । दिवसको दिन आइतवार बिहान प्रभात फेरि र मञ्चको कार्यक्रम समेत राखिएको थियो ।दिवसको अबसरमा सेवा निबृत कर्मचारीमध्ये जेष्ठ सेवा निबृत कर्मचारी रेसुङ्गा नगरपालिका वडानम्बर १ तम्घासका ८९ वर्षिय केशरबहादुर थापा, सेवारत कर्मचारीमध्ये लामो समयसम्म सेवामा कार्यरत मालत कार्यालय गुल्मीका कार्यलय सहयोगी मानप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।

Karaiya Mai Notice Winter

कार्यक्रममा ब्याडमिन्टन प्रतियोगित, म्युजिकल चियर प्रतियोगिता, फुटवल प्रतियोगितामा प्रथम द्धितिय हुनेहरुलाई पुरस्कृत एवं सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

मूल समारोह समिति गुल्मीका संयोजक प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला न्यायधिश कृष्णाप्रसाद पौडेल प्रमुख आतिथ्यतामा रहेको कार्यक्रम जिल्ला स्थित बिभिन्न कार्यालयमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, आधिकारीक टे«डयूनियका जिल्ला अध्यक्ष जयश्वर पन्थी, नेपाल निजामति संगठन प्रदेश नम्बर ५ का अध्यक्ष दधिराम मरासिनी, नेपाल निजामति संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थी, नेपाल निजामती कर्मचारी यूनियनका संघ गुल्मीका अध्यक्ष मेघलाल पाण्डे लगायतल निजामति कर्मचारीहरुको आज जन्म दिन रहेकाले कर्मचारीले आज नयाँ कुरा सिक्ने दिन रहेको बताएका थिए ।

सहभागिले दिवसको अबसरमा कर्मचारीले आफना आचरणलाई सुधार गदै जाने र अरुलाई पनि सिकाउने आजको दिन रहेको बताए । पहिला आफनो व्यवहारलाई नै सुधार गर्ने कुरामा ख्याल राख्न आग्रह गरेका थिए । कार्यक्रममा गुल्मी जिल्लाका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतलाई बिदाई गरिएको थियो । जिल्लाबाट सुरुवा भएर जान लागेका एसपी बस्नेतालाई निजामती दिवसको कार्यक्रममा सहभागिहरुले बिदाई गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed