विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीमा पनी भेटियो डेंगु

सिम्रौन्गढ़ नपा psa

गुल्मी ।।

देशभरी डेङ्गिका बिरामी बढेसंगै जिल्लामा पनि डेङ्गु  रोगका बिरामी फेला परेका छन । सन्धिखर्क नगरपालिका-१२ डिभर्ना निवासी ६७ बर्षिय मान बहादुर श्रेष्ठ लाई डेंगु रोगको संक्रमण भएको डाक्टरले बताएका छन । सन्धिखर्क छायाँ पोलीक्लिनिकमा चेक गर्दा शंका लागेर बुटवल पठाईएकोमा डेंगीको संक्रमण देखिएको उहाँका भान्ज राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उहाँको बुटवलको चौराह अस्पतालमा उपचार भैरहेको छ। यसैबिच रुपन्देहीमा डेङगुको संक्रमणबाट १ जनाको ज्यान गएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर-७ मोतिपुरकी ६१ वर्षिया सावित्रा आचार्यको डेंगुको संक्रमणबाट शनिबार मृत्यु भएको हो । लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा उनलाई बिहीबार डेंगुको संक्रमण पाईएको थियो ।

तिन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आईसियु कक्षमा राखी उपचार गरेपनि रगतमा रहेको प्लेटलेट्सको मात्रा नबढेपछि आचार्यको शनिबार बेलुका मृत्यु भएको हो। शनिबारसम्म रुपन्देहीमा ७० जनामा डेंगुको संक्रमण भेटिएको छ। अस्पतालहरुमा उपचार गराउन आएका बिरामीमध्ये ७० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed