विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त

सिम्रौन्गढ़ नपा psa

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त
आर्यन साह
रौतहट भदौ २३ । रौतहट जिल्ला अस्पताल गौरको प्रमुख पदमा कार्यरत प्रमुख डा.कृष्ण साह आफै आफनो निजि क्लिनिक खोली पैसा कमाउन थालेपछि गौर जिल्ला अस्पतालले उपल्बध गराउने सेवा सुविधा पूर्ण रुपमा प्रभावित भएको छ ।
डा. साहले आफनो निजी क्लिनिक जिल्ला अस्पतालको मुख्यद्वारमा खोली आम जनता संग मोटो रकम असुल्नुको साथै नेपाल सरकार संग सम्बन्ध राख्ने नियम कानूनको विपरीत कार्य गरी कानून समेतको उपहास गरिरहेको कुरा एक स्थानीयले बताएको छ ।
उनको यस्ता क्रियाकलापले विरामीहरु आक्रोषित बनेका छन् भने अर्को तिर जिल्ला अस्पतालका सम्पूर्ण कार्य प्रभावित हुन पुगेका छन । सरकारी गौर अस्पतालकै मुखमा सोही नाम गरेको निजि क्लिनिक खुल्नु र सरकारी अस्पतालका प्रमुख पनि निजि क्लिनिकमा काम गर्नु पक्कै नै दुर्भाग्य हो । उनको यस्तो रबैयाले गर्दा कतिपय सर्वसाधारण जनताहरु महङ्गो निजी क्लिनिकमा उपचार गराउन बाध्य बनेका छन् भने अर्कोतिर नजिकबाट नियालेर हेरिरहेका स्थानीय सरकार र प्रदेश सरकारको भूमिका मौन बस्नुको कारण स्थानीयहरुका लागि चर्चाको विषय बनेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed