CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२०४१ सालको एस एल सी ब्याच द्वारा श्री ३ चन्द्र माविमा ५ थान कम्प्युटर तथा शैक्षिक सामग्री प्रदान 

फेटा GP PSA
582
सिम्रौन्गढ़ नपा psa

कलैया ।।

नेपालकै सबै पुरानो बिधालय मध्येको एक श्री ३ चन्द्र माविमा अध्ययन गरेका २०४१ सालको एस एल सी ब्याचले बिधालयालाई ५ थान कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बिधालयमा आधुनिक शिक्षामा टेवा पुग्ने बिस्वास सहित सो कम्प्युटर प्रदान गरिएको सो ब्याचका अहिलेका जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन ब्याहुतले बताएका छन् । सो ब्याचका धेरै जसो समकक्षिहरु अहिले प्रतिनिधि सांसद तथा प्रदेश सांसद समेत रहेकाले सबैले यो बिधालयको बिकासका लागि हर सम्भव प्रयास गरिरहेको बारा निर्वाचन छेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका सो ब्याचका एकबाल मियाले बताएका छन् ।

Karaiya Mai Notice Winter

प्रदेश सांसद ज्वाला कुमारी साहले बिधालयका लागि २० लाख सहयोग गरेको त्यस्तै प्रदेश सांसद पारस साहले समेत यस बर्स सो बिधालयालाई १० लाख सहयोग गरेको र आउने दिनमा समेत सहयोग गर्ने कलैया उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष हरि ओम सोनारले बताए ।

सोनारले आफुले वडा स्तरिय बजेट बाट १५ लाख बिधालयका लागि छुट्याएको समेत जानकारी गराएका छन् । त्यस्तै प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादबले समेत बिधालयालाई सहयोग गर्ने प्रतिबद्दता जनाएको बिधालय प्रसासनले जानकारी गराएको छ । नेपालकै दोश्रो बिधालयको रुपमा रहेको यस बिधालयले कलैया उप-महानगरपालिका लाई नै देशमा चिनाउने भएकोले बिधालयको बिकासका लागि चाहिने सबै खाले पूर्वाधार निर्माणमा कलैया उपमहानगरले सहयोग गर्नुपर्ने र सोहि ब्याचका हालका नेपालि कांग्रेशका नेता रामानन्द प्रसाद यादबले बताएका छन् ।

वडा नम्बर १ का अध्यक्ष हरिओम साह सोनारको अध्य्क्षता एवं जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन ब्याहुतको प्रमुख आतिथ्यमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा बिधालयका निमित प्रधानाध्यापक दिपक प्रसाद कुशवाहा संगै सोहि ब्याचका यादब कृष्ण चौधरी,शैलेश रेग्मी,प्रल्हाद चौधरी, विरु श्रेष्ठ,जोगिन्द्र कुश्वाहा,अजय जैसवाल,दिनेश श्रेष्ठ,निशा तिवारी,शिक्षकहरू अनिल गुप्ता,मदन मल्लिक लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा संचालन किशोरी रामले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश