विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।भदौ २४ । जिल्ला प्रहरी कार्यालय रौतहटले लागू अौषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेका छन्। नेपाल भारत सिमाना खुल्ला रहेको कारण लागू अौषध देखि विभिन्न समानका तस्करी हुने गरेका छन् तर प्रहरीको गस्तीमा एकदमै कडाइ रहेको कारण विभिन्न नाकाबाट मालसमान पक्राउ गरि अावश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाईएको अागवत नै छन्। भारत बिहार राज्यको बैरगनियाबाट रौतहट जिल्लमा भारी मात्रामा लागू अौषध अाई रहेको खबर जिल्ला प्रहरी कार्यालयमा मिल्न साथ ठाउँ ठाउँको प्रहरी टोलीलाई कडा डिउटी गर्न अादेश अाएको थियो। कडा डिउटी गर्ने क्रममा अाज गौर न.पा. वडा नं. १ स्थित मेनचौकमा खटिएको प्रहरी टोलीले आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई कडाका साथ चेकजाँच सुरु गरेको थियो। चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल हिडी आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.६ देउराली चौक बस्ने सुदर्शन तिमल्सिनाको छोरा वर्ष २६ को संजय तिमल्सिनालाई चेकजाँच गर्ने क्रममा निजबाट विभिन्न कम्पनीका लागू अौषध सहित प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ। पक्राउ परेको तिमल्सिनाको कम्मरको भागमा र निजको जिन्स पाईन्टको अगाडी र पछाडीको खल्तीबाट लागु औषध डाईजेल्याब एम्पुल थान-३३,फेनार्गन एम्पुल थान-३३, नोर्फिन एम्पुल थान-३३,नाईट्राभेट १० लेखिएको १ पत्तामा १५ र १ पत्ता मा १२ गरी जम्मा २७ र एभिल ईन्जेक्सन -१० मि.लि. को थान-२ समेत तिमिल्सिनालाई पक्राउ गरेका छन्।लागू अौषध सहित पक्राउ परेको तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक नायकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed