विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धनुषामा फुटवल प्रतियोगिता आज बाट सुरु

सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा,भदौ २४ गते । चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार धनुषा द्वारा राष्ट्रिय स्तरीय गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मंगलबार बाट सुरु भएको छ । चारनाथ युवा कल्ब विरेन्द्रवजारको आयोजना तथा गणेशमान चारनाथ नगरपालिका विरेन्द्र वजार तथा अन्य संघ संस्थाको सहयोगमा मंगलबार बाट फुटवल प्रतियोगिता सुरु भएको छ ।

उक्त फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गणेशमान चारनाथ नगरपालिकाका मेयर राम बाबु यादब रहेका थिए भने चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार,धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवालले अध्यक्षता गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी धनुषाका प्रदिप राज कँडेल,इलाका प्रहारी कार्यलाय धनुषाका (एसपी) प्रहरी उपरीक्षक शेखर खनाल,राष्ट्रिय अनुसान्धन धनुषाका प्रमूख विमल डंगोल,गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मिना देबी यादब, अतिथिको रुपमा चारनाथ उधोग वाणिज्य संघका अध्यक्ष नरेश साह,आर्दश व्यपार संघका अध्यक्ष महेश प्रसाद जयसवाल लगायका वडा अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

मंगलबार बाट सुरु भएका उक्त फुटवल प्रतियोगितामा विभिन्न ठाँउका ८ वटा टिमहरु सहभागी हुने भदौ ३१ गते सम्म यो प्रतियोगिता चल्ने चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार,धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवालले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed