विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीका चार स्वास्थ्य सस्था किशोर किशोरी मैत्री

सिम्रौन्गढ़ नपा psa

अर्घाखाँचीका चार वटा स्वास्थ्य सस्था किशोर किशोरी मैत्री स्वास्थ्य सस्था बन्न सफल भएका छन । शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र, मालारानी गाँउपालिकाको हंसपुर स्वास्थ्य चौकी, पाणिनि गाँउ पालिकाको पोखराथोक स्वास्थ्य चौकी र छत्रदेव गाँउपालिकाको अर्घातोष स्वास्थय चौकी किशोर किशोरी मैत्री स्वास्थ्य सस्था बन्न सफल भएका हुन ।

Karaiya Mai Notice Winter

किशोर किशोरीको प्रजनन तथा यौन स्वास्थ्य सेवालाई गुणस्तरीय रुपमा उपलब्ध गराउने, किशोर किशोरीमा भएका यौन तथा स्वास्थ्य समस्यालाइ कमी ल्याउनकालागि नेपाल सरकारले किशोर किशोर मैबी कार्यक्रम सञ्चालन गरेको प्रदेस नम्वर ५ सरकारका बरिष्ठ स्वास्थ्य अधिकृत नेत्र अर्यालले बताए । 
हाल सम्म नेपालका ७७ वटा स्वास्थ्य सस्था किशोर किशोरी मैत्री स्वास्थ्य सस्था प्रमाणि करण भएका छन । किशोर किशोरी मैबी वातावरण , किशोर किशोर मैत्री दक्ष स्वास्थय कर्मी, बयबस्थापन समिति, शिक्षक, अभिभावक सबैमा किशोर किशोरीका समस्यामा जानकार तथा ब्यबहारको रुपमा किशोर किशोरी मैत्री प्रमाणिकरण गरिने परिवार स्वास्थय महासंघका हेल्थ असिस्टेन्ट चेतराज पंडितले बताए । 
स्वास्थ्य सस्थालाइ किशोर किशोरी मैत्री बनाउनकालागि अर्घाखाँचीमा युएन एफ पिएको आर्थिक सहयोगमा आड्रा नेपालले सहजीकरण गरिरहेको छ । यसले जिल्लाका १८ स्वास्थ्य सस्थामा काम गरिरहेको युएन एफ पिएका जिल्ला संयोजक सुजाता सुब्बाले बताइन । 
सोमबार मात्र छत्रदेव गाँउपालिकाको अर्घातोष स्वास्थ्य चौकीलाइ किशोर किशोरी मैत्री स्वास्थय सस्था प्रमाणि करण गरिएको आड्रा नेपालकी जिल्ला कार्यक्रम संयोजक तृप्ती ढकालले बताइन । 
कार्यक्रममा छत्रदेव गाँउपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालयका राम प्रसाद गौतम, कमल श्रेष्ठ, प्रदेस नम्वर ५ सरकारका बरिष्ठ स्वास्थ्य अधिकृत नेत्र अर्याल, परिवार स्वास्थ्य महासंघका हेल्थ असिस्टेन्ट चेतराज पंडित, युएन एफ पिएका जिल्ला संयोजक सुजाता सुब्बा, आड्रा नेपालका कार्यक्रम अधिकृत राजीव यादव लागयतले टोलीले गरेको अनुगमन तथा मुल्यांकनबाट अर्घातोष स्वास्थ्य चौकीलाइ किशोर किशोरी मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed