विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रुरु धाम रिडिमा बृहत ज्ञान महायज्ञ सुरु,परराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्धघाटन

सिम्रौन्गढ़ नपा psa

गुल्मी, भदौ २८

रुरु धाम रिडिमा बृहत ज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।

महायज्ञको नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदिप कुमार ज्ञवालीले उद्धघाटन गर्नुभएको छ ।महायज्ञको उद्धघाटन गर्दै मन्त्री ज्ञवालीले महायज्ञ लाई सफल रुपमा सम्पन्न गर्न शुभकामना दिनुभएको छ ।

Prasauni holi 2082

उहाले राम्रो कामको लागि कुनै साइत हेर्नु नपर्ने भन्दै सबैलाई सहयोगि हात अगाडि बढाउन आग्रह गर्नुभएको छ । आजबाट सुरु भएको महायज्ञ असोज १७ गतेसम्म चल्नेछ ।

karaiya holi 2082

कार्यक्रममा फरक प्रसगंमा बोल्दै मन्त्री ज्ञवालीले निमार्ण ब्यवसायीका कारण कतिपय योजनाहरु समयमा सम्पन्न हुन नसकेको बताएका छन ।

आफ्नो निर्वाचन क्षेत्रमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनाहरुको अनुगमन र निरिक्षण गदै मन्त्री ज्ञवालीले निमार्ण ब्यवसायीहरुले योजनाहरुको काम समयमै सम्पन्न नगर्दा जनताले दुःख पाउनु परेको बताउनुभएको हो ।

उहाले जिल्लामा ३÷४ बर्ष अगाडि नै सम्पन्न हुनुपर्ने योजनाहरु पनि निमार्ण ब्यवसायीहरुकै कारण अलपत्र परेको दावी गर्नुभयो ।

जिल्लाको अलपत्र अवस्थामा रहेका उल्लीखेला पुल, रुरुको पुलका मुखको पुल, रुद्रवेणी वामीटक्सार सडक, सिस्ने खोलाको पुल, चोरकाटेको पुलको अनुगमन गदै मन्त्री ज्ञवालीले अलपत्र अवस्थामा रहेका योजनाहरु समयमै सम्पन्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशन समेत दिनुभयो ।

काम नगर्ने निमार्ण ब्यवसायीहरुलाई अव कालो सुचीमा राखेर कारवाहीको दायरामा ल्याउनुको समेत विकल्प नभएको ज्ञवालीको भनाई रहेको थियो ।मन्त्री ज्ञवालीले शनिवार आफ्नो निर्वाचन क्षेत्र गुल्मी १ का करिव १ दर्जनबढी योजनाहरुको अनुगमन गदै स्थानीय जनताहरुसगँ छलफल समेत गर्नुभएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed