विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

चर्चामा आउन जातियताको राजनितिक गर्नु गलत : नेता यादब

सिम्रौन्गढ़ नपा psa

जानकी मन्दिरको पुर्व पट्टीको पर्खाल निर्माणले अहिले सामाजिक सञ्जाल तातेको छ । सडक फराकिलो पार्दा मन्दिरको पुर्वी पर्खाल भत्काइयो । अहिले पुनः पर्खाल निर्माण भइसकेको छ ।

पर्खाल निर्माण भइरहेका बेला केहि युवा त्यहाँ पुगेर अवरोध खडा गरे । हुन त त्यहाँका व्यापारीहरुले ति युवाहरुलाई लखेटेर भगाए । पछि अवरोध हट्यो र पर्खाल निर्माण पनि भइसक्यो । तर पर्खालको विषयलाई लिएर यतिबेला जनकपुरका केहि युवा अनेकौं विकास विरोधी टिकाटिप्पणी गरिरहेका छन् ।

Prasauni holi 2082
karaiya holi 2082

पर्खाल विषयमा भइरहेको फेसबुक टिकाटिप्पणीमा समाजवादी पार्टीका नेता नविन यादब पनि सामेल छन् । उनको बुझाइमा केहि युवा जातीयताको आधारमा जनकपुरमा राजनीति गरिरहेका छन् र चर्चामा आउन गलत कार्य पनि गरिरहेका छन् । उनले त्यस्ता युवालाई फेसबुक स्टाटस मार्फत झापड लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– साँघुरो बाटोलाई फराकिलो बनाउनु अत्यन्त आवश्यकता थियो र त्यही आवश्यकता नगर प्रमुख लालकिशोर साहले पूरा गर्न पुर्व पट्टीको पर्खाल अलि भित्र सारेर सडक फराकिलो बनाउँदा जानकी मन्दिरको सौन्दर्याता हराउँछ र विश्व सम्पदा सूचीमा नपर्ने खतरा देख्न थाले एक थान वडा अध्यक्ष सहित संधै जातीयताको नाउँमा दंगा फैलाउने सोचबाट संक्रमित समाजसेवीहरु । वाहरे सस्तो लोकप्रियताको भोको पियासी महोदय ।

उनले जातीयताको राजनीति नगर्न र सामाजिक सदभाव नविगार्न अपिल समेत गरेका छन् । उनले फेसबुककै अर्को स्टाटस यस्तो छ– जानकी मन्दिरको पर्खाल सार्नु लाई धरोहर समाप्त भएको भन्नेलाई आग्रह, जनकपुरधामको सयौ विघा मठ मन्दिरका जग्गा समाप्त गरेर महल ठडयाएकाहरुलाई केहि नभन्ने रुराम मन्दिरको पर्खाल सार्दा र गोरधोइ पोखरीलाई आधा पुरिदा किन आवाज उठीएन त ?

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed