CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया नगरपालिकाद्धारा बजार अनुगमन

फेटा GP PSA
720
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा, असार ३१ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा बजारका पसलहरुमा व्यवसायीक दर्ता र पाना नं, मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको छ । व्यबससायीक प्रमाणपत्र र पाना नंम्बर नराखी संञ्चालित व्यवसायीलाई एक साता समय तोकेर अनुगमन समितिको तर्फबाट व्यवसायीलाई सुझाब सहित जानकारी गरिएको छ ।

Karaiya Mai Notice Winter

मिर्चैया नगरपालिकामा संचालित किरण पसल, होटलहरु अन्य पसललाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका द्धारा अनुगमन गर्दा मिर्चैयामा पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछ देवी साह,प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, मिर्चैया उद्योग बाणिज्य संघ अध्यक्ष हरीशंकर साह, मिर्चैया उद्योग बाणिज्य संघ सचिव भरत महासेठ, मिर्चैया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष देवकृष्णा साह,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश