विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैयामा मुक्तिनाथ विकास बैंकद्धारा ४२ घर परिवारलाई राहत वितरण

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज १ गते । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्याइरहेको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा रहेको दलित वस्तिमा मुक्तिनाथ विकास बैंकले ४२ घर परिवारलाई राहत वितरण गरेको छ ।

बैंकले ४२ थान झुल, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।
राहतमा प्रति घर लाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ थान झुल वितरण गरेको मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका प्रबन्ध अरुण कुमार महतोले जानकारी दिनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दुई महिना अघि अविरल वर्षाको कारण परेको डुबानका कारण हालसम्म यो वस्ती माथि कसैको नजर पुगेको थिएन । वर्षाको पानी जमेर पुरै वस्ती दुर्ग्न्धित बनेको छ भने वस्तीमा प्रवेश गर्न पानीमै हेलिएर जानुपरेको बाध्यता रहेकोछ । फोहोरको कारण वस्तीका मानिहरु धमाधम बिरामी परिरहेका छन् । बिरामीकै कारण सोमबार सनोज सदाको ११ महिनाको छोरा किरण सदायको मृत्यू भएको छ । सदायको एक छोरी र एक छोरा मात्र थियो । जुन एक छोराको निधन भइसकेको छ । वस्तीमा पानी जमेर दुर्गन्धित भएको दुई महिना भइसक्यो तर सम्बन्धित निकायले अहिलेसम्म कुनै पनि चासो नदेखाएको माल्ती सदायले गुनासो गरेकी छिन ।

उत्त राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी रामप्रताप साह(भोला),विनोद साह,विकास साह,सुजित साह,विजली मंडल,अजय कुमार साह,राजकुमार मंडल,चन्देशेवर साह,चन्द्रलाल साह,विरेन्द्र सदा,झुमका मंडल, मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा राहत वितार गरिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed