विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दोधारमा मधेशी जनता : संविधान दिवस कि कालो दिन

सिम्रौन्गढ़ नपा psa

लेखक:- आर. डी. महतो ( सीए फाइनल बिद्यार्थी)

आज मधेशी जनता दोधारमा रहेको छ। यसको प्रमुख कारण मधेशी नेताको अशमक्षता, अदूरदर्शि सोच तथा सत्ताको लोभीपना हो र कुशल नेतृत्व बिहीन मधेशी नेता। आफनो ज्यानको बाजी लगाई ६ महीना सम्म आफ्नो काम काज छोडेर, आफ्नो परिवारको वस्ता नगरी आंदोलन गर्यो। तर जून सपना देखाएर वा भनौं जून सपना देखेर जनताले आंदोलन गर्यो त्यों सपना एकदिन मैं उपेन्द्र यादव तथा रापजा पार्टिले चकनाचूर गरी दियो। दर्जनौं सहीद भए र हजारौ घायल भए, हजारौ माथि मुदा लाग्यो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आज पनि कतीजना अस्पतालमा आफ्नो उपचाररत रहेका छन भन्ने धेरै माथि अदालती कार्यवाही चल्दैछ। हिन्दी चलचित्र दामिनी जस्तै तारिखमा तारीख, तारिखमा तारीख दिदैछन अदालतमा। यी महान मधेशी आंदोलनकारी लाई मधेशी नेताले जनता त नजता सहिद लाई पनि चिन्न छोड़ी सकेका छन। मदेशी नेतासँग सहयोग माँगन जांदा मदेशी नेताको जवाफ हुन्छ तिमि को? म चिन्न सकेन।

Karaiya Mai Notice Winter

जनता यसकारन दोधारमा छन की अब अशोज ३ गते संबिधान दिवश मनाउने छ्न कि कालो दिवश ? अशोज ३ लाई संबिधान दिवश कसरी मनाउने? जून संबिधान जनतालाई छती र टाउकोमा गोली ठोक्दा बगेको रगतले लतपत रहेको अधुरो, आधिकार विहिन अपुरो बन्दुकको बलमा अधिकार खोसिएको संविधान हो। जसमा मधेशी, मुस्लिम, थारू, जनजाति तथा पिछड़ा वर्गलाइ उपेक्षित गरिएको छ, सम्मान अधिकार दिएको छैन। जून संबिधानको बिरोध गर्ने आफ्नै दाजुभाई, दीदी बहिनी सहीद भएका छन।

अशोज ३ लाई कालो दिवश पनि कसरी मनाउने? जब आफ्नै नेता बिकाउ, सत्ताको लोभमा संबिधान स्वीकार गरी सकेको छ। प्रदेश- नम्बर २ मा समाजबादी तथा राजपा पार्टी ( मधेशी पार्टी) को सरकार छ। प्रदेश सरकारले ३ दिनको कार्यक्रम सहित संबिधान दिवश मनाउने घोषणा गरी सकेको छ। समाजबादी तथा रापजा पार्टीका अध्यक्ष ज्यूहरुको निर्लज्जता त हेर्नु ? एकातर्फ समाजबादी पार्टीका पदमा बसेका नेता संविधान दिवश मनाउने त अर्को तर्फ पार्टिले नै संबिधान दिवश मनाउने न कालो दिन मनाउने घोषणा गरेको छ।

त्यस्तै राजपाका पदमा बसेका नेताले संबिधान दिवश मनाउने त बांकीले बिरोध दिवश मनाउने घोषणा गरेको छ। कस्तो राजनीती हो यो? अहिले पनि दुबै मदेशी पार्टीबाट जनतालाई मुर्ख बनाउने काम भईरहेको छ। तसर्थ अब जनतालाई आफै सोचने र सचेत हुने दिन आई सकेको छ।

जय नेपाल, जय मधेस, जय जनता।।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed