विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेस र मधेसी बिरोधि संविधानको बिरोध गर्दै कालो दिन मनाइयो संविधान संशोधन गर्न माग

मधेस र मधेसी बिरोधि संविधानको बिरोध गर्दै कालो दिन मनाइयो संविधान संशोधन गर्न माग

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर

मधेस र मधेसीको भावना बिपरित ल्याएको संबिधान सच्याउनु पर्ने माग गर्दै बिराटनगरमा पनि कालो दिवस मनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

असोज ३ गते जारी गरेको संबिधान अपुरो, जन बिरोधि र प्रतिगामी गएको भन्दै संशोधन गर्नु पर्ने माग गर्दै कालो दिवस मनाएको छ।

आज भन्दा ४ वर्ष अगाडी २०७२ असोज ३ गते संबिधान जारी गरिएको वर्ष देखि हरेक वर्ष आजको दिनलाई कालो दिनको रुप मा मनाउदै आइरहेको छ।

बिराटनगरमा बृहत मधेसी नागरिक समाज , मधेसी महिला नागरिक समाज र तराई मधेश रास्ट्रीय परिषदले संयुक्त रूपमा कालो दिवस मनाएको छ।

Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा बोल्दै नागरिक समाजका संयोजक सुर्यनाथ प्रसाद सिंहले यो संबिधान पहाडेहरुको लागिमात्र हो।यो संबिधानले मधेसीको अस्मितामा प्रहार गर्ने काम गरेको छ। यो बिभेद्कारी संबिधानले मधेस र मधेसीको हित हुन नसकने भएकोले संबिधान सन्शोधन गर्नु पर्ने माग गर्नु भयो।

सोही कार्यक्रममा बोल्दै तराई मधेस रास्टिय परिषद्का संयोजक सि एन झाले जुन समयमा संविधान जारी भयो त्यही समयमा मधेसमा मधेसीको हत्या भइ रहेको थियो त्यो मधेसीको रगतले लतपत संविधान मधेसको हितमा कसरी हुन सक्छ? त्यो संविधान प्रतिगामीको निशानी हो।यो संबिधान मधेसि माथी जबर्जस्त लादिएको एक जातिको वर्चस्वको संविधान हो जो मधेसीको लागि घातक हो। त्यसैले संविधान संशोधन गर्नु यति आबश्यक रहेको बताउनु भयो।

रा ज पा नेता मोहम्मद कदिरले यो संविधान संशोधन नहुनजेल बिरोध गरिरहने बताउनु भयो । उहाँले यो सरकार र मधेसका केही गद्दार नेताका कारण अहिले हामी अधिकारबाट बन्चित हुनु परेको छ। जब सम्म संविधान संशोधन हुदैन तब सम्म हामी बिरोध गरि रहने बताउनु भयो।

मधेसी महिला नागरिक समाजको संयोजक आशा झाले यो संबिधान मधेस बिरोध भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै संशोधन गर्नु पर्ने माग गर्नु भयो उहाँले संशोधन भएन भने जस्तोसुकै खालको आन्दोलन गर्न बधय हुने धारणा राखनु भयो।

बिरोध कार्यक्रमको संयोजक तथा समाजबादी पार्टी नेपालको बिध्यार्थी नेता राकेश रोशन यादवले राज्य सत्ता शक्तिशाली भएकै कारण मधेसी र मधेसी नेताको सत्ता मोहको कारण मधेसी समुदायलाई नै मधेसी विरुद्धमा उभयाएर मधेसमाथी शासन गरि रहेको बताउनु भयो ।उहाँले मधेसका नेताहरुकै कारण आज हामी कालो दिवस मनाई रहेका छौ ।अब संविधान संशोधनको लागि सीमान्तकृत समुदाय एक हुनुपर्ने बताउनु भयो।

प्रतिगमनको निशानी नेपालको संविधान , सम्पूर्ण सीमान्तकृत समुदाय एक हौ,सहिदको सपना महान छ, यो कालो संविधान बेकाम छ, जनभावना बिपरित जारी संविधान मान्दैनौं , राम्रो भनिएको संविधान हाम्रो कहिले हुने जस्तो नारा सहितको पर्चा झुन्डाएर संविधानको बिरोध जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed