विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर द्वारा संविधान दिवसमा रक्तदान

सिम्रौन्गढ़ नपा psa

सैनामैना । संविधान दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले शुक्रबार संयुक्त रुपमा भैरहवामा रक्तदान कार्यक्रम गरेका छन् ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड भैरहवा शाखाको सहयोगमा सम्पन्न कार्यक्रममा ३६ जनाले रक्तदान गरेको रोट्रर्‍याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष जय सिंह थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पुर्व अध्यक्ष दिनेश पौड्यालले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रोटरी र रोट्रयाक्ट क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर

त्यस्तै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड भैरहवा शाखाका प्रबन्धक विकास श्रेष्ठ, रोट्रर्‍याक्ट क्लब अफ मेट्रोसिटीका अध्यक्ष पूजा माली लगायतले रक्तदानको महत्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रम संयोजक विमल कार्कीको स्वागत मन्तव्य तथा रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका सचिव समिर बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed