विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय विद्यार्थी संघद्वारा शुभकामना आदानप्रदान

राष्ट्रिय विद्यार्थी संघद्वारा शुभकामना आदानप्रदान

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
असोज ९, राष्ट्रिय विद्यार्थी संघ मोरङले बडादशैं, तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ।
आज बिराटनगर स्थित राष्ट्रिय जनता पार्टी कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रमका बिशेष अतिथि मोहम्मद कादिरले बडादशैं असत्य माथी सत्यको विजयको अबसरमा मनाउने यो चाडले देश र जनतामा सुख, शान्ति ,सु-स्वास्थ , दिर्घायु र समृद्धि प्रदान गरियोस भनेर शुभकामना दिनु भयो। उहाँले देशको निमुखा जनता माथी अन्याय,अत्याचार ,दमन, शोषण गर्ने नेता र सरकारलाई सदबुद्धी प्रदान गरि देश बिकासमा अग्रसर भइ , आपसी सद्भाव कायम होस भनेर शुभकामना दिनुभयो ।

Karaiya Mai Notice Winter

संघका मोरङ अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष बिपुल झाले बडादशैं, तिहार र छ्ठले देशका सबै जाती, धर्म, वर्ग बिच सद्भाव कायम गरि समान अधिकार प्रदान गरिने शुभकामना दिनु भएको छ। झाले एस्ता चाडपर्वले आपसी सद्भाव कायम गरि समाज र देश बिकासमा अग्रसर हुन सबैलाई सदबुद्धी प्रदान गरिने बताउनु भयो।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य तबरेज हक, विद्यार्थी नेता बि. पि. मण्डल , संघका नेता धर्मदेव साह, पेसल यादव लगायतले शुभकामना दिनु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed