विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

चाड पर्व लाइ लिएर सुरक्षा नीति सुक्ष्म

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

चाड पर्व लाइ लिएर सुरक्षा नीति सुक्ष्म गरिएको आज पत्रकार समेलनको आयोजना गरि जनाइएको छ ।  बारा जिल्लाका नागरिकले सुरक्षाको सम्बनधमा कुनै किसिमको कमि महसुस नहोस भन्ने उदेश्यले सुरक्षा नीति कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतका दिनहरुमा चाड पर्वको मौका छोपी विभिन्न् उत्श्रीन्खल भएको कुरा लाइ लिएर सुरक्षा नीति अति सुक्ष्म गरिएको जनाइएको छ ।

Prasauni holi 2082
karaiya holi 2082

सुरक्षाका लागि ४७६ जना प्रहरी खटाइएको हो जसमध्ये सदा पोसाकमा पनि राखिएको जनाइएको छ । जिल्लाको मुख्य चौकहरुमा हेल्प डेस्क पनि संचालन गरिएको छ । सिमरा, जितपुर, कलैया, निजगढ लगायत ७ ठाउमा हेल्प डेस्क राखिएको जनाइएको छ । चाड पर्वको मौकामा यातायात सवारी साधनमा बिगतका दिनमा बढी भाडा लिने गरेको कुरा लाइ पनि मध्यनजर गरि लोकल तथा राजधानी लगायतका जाने सवारी साधनहरुमा पनि सुरक्षा नीति कडा गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा सोमवार पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरीक्षक विकासराज खनालले राजमार्ग तथा ग्रामिण भेगको बाटोमा चेकजाँच बढाइने, क्षमता भन्दा बढी यात्री ओसार पसारगर्ने र बढी भाडा असुलगर्ने सवारी साधनलाई समेत कारवाही गरिने सुरक्षा योजनामा समेटिएको जानकारी दिनुभयो ।

नेपाल भारतबाट हुने तस्करीलाई नियन्त्रण गर्ने, चाडवाडको समयमा हुने मेला, महोत्सव, खेलकूद जस्ता कार्यक्रममा आवश्यक जनशक्ति परिचालन गरी झै–झगडा तथा कुटपिट र आपराधिक कार्य हुनबाट रोक्ने, नागरिकको सुरक्षाको लागि राजमार्गमा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न चेकिङ्गको व्यवस्था गरिएको छ ।

बाटोमा अलपत्र परेका यात्रीहरुको समस्या समाधान गर्न यात्री सहायता कक्षको व्यवस्थासँगै शहरी तथा ग्रामिण ईलाकामा हुनसक्ने अपराधिक घटना तथा घरेलु मदिरा उत्पादन, विक्री वितरण, सेवन र जुवातास जस्तो गैर कानूनी कार्यलाई रोकिने बारेमा बताउनु भयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed