विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्धिखर्कमा सन्चालीत ९५% मासु पसल सरसफाइको दायरामा

सिम्रौन्गढ़ नपा psa

सन्धिखर्क नगरपालिकाले दशैं तिहार नजिकीएसँगै दैनिक प्रयोगमा आउने उपभोग्य वस्तुहरुको अनुगमनमा तीव्रता दिएको छ । जस अन्तर्गत आज सन्धिखर्क बजारमा रहेका मासु पसलमा अनुगमन गरीएको छ । अनुगमनको क्रममा भेटीएका कुहीएका माछा नष्ट गरीएको छ । भने फोहोर गरी मासु काट्ने केही पसल लाइ सुधारको लागी एक हप्ताको समय दिएको छ । पछिल्लो समय सदमुकाममा संचालीत ९५% मासु पसल सरसफाइ को दायरामा आएको पाएको छ । त्यस्तै पान नम्बर नलिएका र पसल दर्ता नगरेका, मुल्य सुची नराखेका ब्यापारीलाई समयमै राख्न आग्रह समेत गरिएको छ । केहिदिनदेखि नगरपालिका र जिल्ला प्रशासनले अनुगमनलाई तीब्र रुपमा अगाडि बढाएको हो । अनुगमन जिवनाराण आचार्यको संयोजक गरीएको छ । अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रतिनिधि नारायण प्रसाद दमासे, कृषि अधिकृत राजेन्द्र भटराई, प्रहरी सहायक निरिक्षक राम अचल अहिर, उधोग बाणिज्य संघको प्रतिनिधि रुद्र श्रेष्ठ,अनुगमन सदस्य प्रकाश न्यौपाने, उपभोक्ता संरक्षणको तर्फबाट नबिन केसी, पत्रकार सागर महत लगायतको उस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed