विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दशैंको लागि गुल्मीमा पनि भेडा च्याङग्रा बिक्रीमा

सिम्रौन्गढ़ नपा psa

दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् ।

दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयले मासुको रुपमा खानको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट गुल्मीको सदरमुकाम तम्घास बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । तम्घासमा बिशेष गरि छिमेकी जिल्ला बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वडादशैंको चहलपहल बढन थालेसँगै बजारमा बिभिन्न स्थानबाट किनमेल गर्न आउने भएकाले लक्षित गरेर भेडा च्याङग्रा बिक्री गर्न ल्याउने क्रम सुरु भएको छ । यस वर्षको वडादशैंका लागि पनि छिमेकी जिल्लाबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएको बाग्लुङ निसी खोला गाउँपालिका वडा नम्बर ४ का चुरामणी भट्टराइले बताउनुभयो ।

Karaiya Mai Notice Winter

२२ वर्ष यता भेडा च्याङग्रा पाल्दै आएका उनले पछिल्लो ५ वर्ष यता छिमेकी जिल्लाहरुमा बिक्री गर्न ल्याउन थालेको बताउनुभयो । हाल झण्डै ६ सय वढि भेडा च्याङग्रा रहेका छन् । एउटा भेडाको १८ हजारसम्म पर्ने र प्रति केजी १ हजार पर्ने गरेको हेरिकन बिक्री गर्ने गरेका छन् । भट्टराईले हाल बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर बिक्री गर्ने गरेको बताउनुभयो ।

वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उहाको भनाई छ । सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि बढाउदै लगेको बताउनुभयो । वर्षिक ४ सय भन्दा वढि भेडा बिक्ती गर्दै आएका भट्टराइले वर्षिक ४ लाख वढि कमाइ हुने गरेको बताउनुभयो ।

पहिलो चरण झण्डै १ सय वटा भेडा च्याङग्रा बिक्री गर्न ल्याएका भट्टराइले धेरै संख्यामा लिएर हिडसमस्या पर्ने भएकाले थोरै थोरै लिएर हिड्ने गरेको भनाई छ । बिक्री गरेर सकेर पुन अर्को लटमा ल्याएर बिक्री गर्ने गरेको भेडा च्याङग्रा व्यवसायी बताउछन् । बिक्री गर्न लिएर हिडदा प्रशासनले समस्या पार्ने गरेकोव्यवसायीहरु बताउछन् । सरकारी क्षेत्रबाट व्यवसाय गर्न सहयोग पनि नपाएको र बिक्री गर्न लिएर हिड्दा भेटनरीको कागज खोज्ने गरेर दुख दिने गरेको बताउछन् ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ । गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed