CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

 गाेल्डमेडलिष्ट मधेसकाे कुस्ती खेलाडीलाई पहिचान गर्न ढिलाई गर्नु हुन्न : सांसद यादव

फेटा GP PSA
552
सिम्रौन्गढ़ नपा psa

बिरगंज , असोज २० :

वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका हुन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद यादवले मधेसको सान रहेको यस खेललाई प्रवर्द्धन गर्न सके यस प्रदेशकाे नाम विश्वजगतमा पुर्याउन सकिने बताउनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

देशका सासकहरूले मधेसकाे यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय अायाेजकमा मात्रै सिमित रहेको बताउदै उनले मधेसकाे पहिचान कुस्ती खेलाडीका गाेल्डमेडलिष्ट र नवखेलाडीहरूकाे मनाेबल बढाउने कार्यक्रम केन्द्रीय स्तरबाटै ल्याउन अाफु पहल गर्ने विश्वास दिलाउनु भएको थियाे ।

Karaiya Mai Notice Winter

यस्ता कुस्ति प्रतियोगिताले संस्कृतिको रक्षा र नेपाल भारतकाे मित्रतालाई समेत बल पुर्‍याउने हुदाँ प्रदेश सरकारले दशैं, तिहार तथा छठमा लगाईने यस खेलमा सक्दाे सहयाेग पुर्‍याउनु पर्ने बताउनु भएको थियो |

नगवा मेला समितिका अध्यक्ष रामाधार चौरसियाकाे अायाेजनामा भएको मेलामा नेपालकाे धनुषा, राैतहट, बारा, पर्सा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, हाजिपुर, रामनगर गरी दुई दर्जन बढी कुस्ति खेलाडीको सहभागिता रहेको आयोजक समितिका सदस्य अशोक पटेलले जानकारी गराएका छन् ।

कार्यक्रममा वडा न. १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया, समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, वीरगंज महानगरपालिका कार्यपालिका सदस्य अजय सर्राफ़, नेशनल मेडिकल का प्रबन्ध निर्देशक बसरुदिन अंसारी लगायतकाे उपस्थिति रहेको थियाे ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश