विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सहकारीहरुले सेवाको भावनाले अगाडी बढ्नुपर्ने : मन्त्री रामनरेश राय यादव

सिम्रौन्गढ़ नपा psa

जाकिर हुसेन, फाल्गुन ०६//  सहकारीहरुले सेवाको भावनाले अगाडी बढ्नुपर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले बताएका छन् । वीरगंज स्थित शभ्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उदघाटन गर्दै मन्त्री यादवले साहँु, किसान र सेयर धनिलाई पनि मर्का नपर्ने गरि संस्थाको उद्देश्य अनुसार सहकारीहरु उत्पादनशिल बस्तुको लगानी गर्न गाऊँ गाऊँमा पुग्नुपर्ने बताएका थिए । कार्यक्रममा संघिय समाजवादि फोरम नेपाल प्रदेश नं. २ का विद्यायक प्रहलाद गिरिले सहकारि संस्थाको महत्व संविधानमा उल्लेख भएको निति नियम परिधि भित्रको परिणाम सहकारीले अझै सम्म दिन नसकेकाले सहकारीले उत्पादनशिल काममा लगानि गर्नुपर्ने सुझाव दिएका थिए ।

 

Karaiya Mai Notice Winter

कार्यक्रममा शभ्य बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएर चुक्ता गरेका लक्ष्मि प्रसाद पाठक, बचत कर्ता मनिसा दाहाल लगायत संस्थाका कर्मचारि राजकुमार चौरसिया, प्रबन्धक तथा कर्जा प्रमुख इन्दु रन्जितकार, लेखापाल चन्दन चौरसिया, क्यासियर सोनु यादव, सोनि यादव, बजार प्रतिनिधि मनोहर गुप्ता, गिता श्रेष्ठ, रुपेश श्रेष्ठ, जुहि श्रेस्ठ, कार्यलय सहयोगि पुनम राई लगायतलाई चाँदीको माला सहित सम्मान गरेको थियो । कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान्त थापा, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संस्थाका अध्यक्ष जंग बहादुर राउतको सभापतित्वमा समपन्न भएको थियो । भने कार्यक्रमको सहजीकरण प्रदिप साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed