विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने ः पुर्व उपप्रधानमन्त्री रायमाझी

सिम्रौन्गढ़ नपा psa


प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझ्mीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने बताउनु भएको छ । मालारानी गाउँपालिका वडा नं। ५ मा रहेको शान्ति मावि भुतपुर्व विद्यार्थी समाजको वार्षिक उत्सव तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्घाखाँची जिल्लालाई सञ्जालमा विस्तार गर्ने काम सम्पन्न भएको र अव कृषि क्रान्ति तर्फ लाग्न सबैमा अनुरोध गर्नुभयो । उहाँले जिल्लामा रहेको बेरोजगार समस्यालाई विस्तारै हटाउदै जाने र रोजगारको सृजना गर्ने बताउनुभयो । 
यस्तै राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्काले अहिलेको समयमा प्राविधिक शिक्षाको विशेष महत्व भएकाले यस वर्षदेखि शान्ति माविमा पनि प्राविधिक शिक्षा संचालन गरेको बताउदै जिल्लाका अन्य विद्यालयहरुमा पनि प्राविधिक शिक्षा ल्याउन पहल गर्ने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य चेतनारायण आचार्यले चुनावका बेला जनतासँग गरेको वाचाहरु विस्तारै पुरा गर्दै गएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, बाँगीका पुर्व गाविस अध्यक्ष पिताम्बर भुसाल, गुँठी संस्थानका सदस्य विधान रायमाझी, पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, वडाध्यक्ष शोभाकर भुसाल लगायतले मन्तव्य राखेका थिए ।

यस्तै साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक प्रकाश सपुत, नारायण पाण्डे भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष गणेश खनालको अध्यक्षता, मणिराम कुँवरको स्वागत मन्तव्य र तिलक टण्डनको सञ्चालनमा सम्पन्न भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed