विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाल्पाबाट छुटेको जीप दुर्घटना, एक जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa


पाल्पाको रामपुरबाट यात्रु बोकर छुटेको जीप दुर्घटनामा परेको छ ।
पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
ग १ ज ६५०५ नम्बरको जीप शुक्रबार साँझ बुलिङटार गाउँपालिका–६ स्थित निरन्दी खोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले बताउनुभयो ।

Karaiya Mai Notice Winter

दुर्घटनामा परि गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो । दुर्घटनामा परि देवचुली–१० बस्ने २७ वर्षीय आशीश खनाल,१९ वर्षीय सूचना पाण्डे, देवचुली–१ बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीय संगिता पोख्रेल घाइते भएका छन । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed