विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

वीरगन्जमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज, २९ असोज

राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको छ ।

karaiya holi 2082

राजपा नेपाल बीरगन्ज महानगर कार्य समिति, युवा महानगर कार्य समिति, युवा दस्ता कार्य समिति एवम् राष्ट्रिय विधार्थी संघको नेतृत्वमा सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन र ताला बन्दी गरेको राजपा नेपाल महा सचिव शिव पटेलले बताएका छन ।

Prasauni holi 2082

वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शनमा महानगर अध्यक्ष लियाकत अली, नेता राजकुमार सर्राफ, युवा दस्ता अध्यक्ष बिष्णु पटेल, महानगर युवा अध्यक्ष राजु गुप्ता, ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष अमित यादव, सचिव सगिरअली, राष्ट्रिय बिधार्थी संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, बिधार्थी नेताहरू रवि चौरसिया, हरि यादव, अनिश कुशवाहा, युवा नेताहरू उमेश गुप्ता, सुजीत झा, साहिल खुर्शिद, राजा ठकुराई, लालु ठकुराई, अफताब हुसेन, अरेश आजम, सज्जाद हुसेन लगायतको उपस्थिति रहेको थियोे ।

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् । प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed