CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह : तिबारी

फेटा GP PSA
904
सिम्रौन्गढ़ नपा psa

महिला सशक्तिकरण अभियान संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य लैगिंकता युवा जनख्याका सवालमा रिपोर्टिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबारदेखि सुरु भएको अभिमुखिकरण कार्यक्रमा धनुषा, सर्लाही र रौतहटका ३० जना सञ्चारकर्मी सहभागी थिए । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नवलकिशोर झाले गरेका थिए । शनिवार समापन महिला सशक्तिकरण अभियानका प्रमुख उपास्ना तिबारीले गरिन् । समापन समारोहबा बोल्दै प्रमुख तिबारीले सन्चारकर्मीहरुलाई राजनितिक सामाचार लेख्नुको साथै स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह गरिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तीनदिन चलेको तालिममा प्रजनन स्वास्थ्य, परिवार नियोजन, किशोरावस्था लगायतका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा छलफल भयो । सञ्चार माध्यमले पनि राजनीति सम्बन्धी नै समाचार मात्र खोज्ने गरेकोले स्वास्थ्य सम्बन्धी पनि समाचार सम्प्रेशन गर्न उत्साहित गर्ने उदेश्यले तालिम दिइएको छ ।

स्वास्थ्यमा रिपोर्टिङ गर्न प्राविधिक कुराले समस्यामा पार्ने गरेको अनुभव प्रशिक्षकहरुले सुनाएका थिए । अभिमुखिकरण कार्यक्रमा प्रशिक्षक बरिष्ट पत्रकार कल्पना आचार्य, थम बहादुर दुरा, अजय साह सिबाली र अनिल कर्ण लगायतले प्रशिक्षण दिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश