विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धितो राखेको सुन फिर्ता गराइदिन माग गर्दै पीडितहरु

धितो राखेको सुन फिर्ता गराइदिन माग गर्दै पीडितहरु

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
मोरङको बुढिगंगा गाउँपालिकाका एक सुन ब्यापारीले धितो राखेको सुनको ऋण तिरी सक्दा पनि सुन फिर्ता नदिदा संचालकबाट सुन फिर्ता गराइ दिन पीडितहरुले माग गरेका छन।
बुढिगंगा गाउँपालिका -२ स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट ११ जनाले धरोटिमा राखेको सुनको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाए पछि बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गरि आफ्नो सुन संचालकबाट फिर्ता गराई दिन माग गरेको हो।
ज्वेलर्सका संचालक जितेन्द्र साहलाई अदालतले असोज १० गते २ लाख ५० हजार धरोटिमा छाडे पछि आफूहरुको सुन उपलब्ध नहुने अबस्था भएको पीडितहरुको गुनासो रहेको छ।
साहले फिर्ता नगरेको ११ जनाको सुन १० लाख ३२ हजार मुल्य बराबरको रहेको पीडितहरुले बताउनु भयो। साहले पसल सन्चलन गर्दै आएको घरको घरधनिलाई पनि पटक पटक नक्कली सुनको गहना दिएर १ लाख ४० हजार ठगेको खुलेको छ।

Karaiya Mai Notice Winter

साहले २ देखि ३ प्रतिशत ब्याजमा सुन धितो राखेर कारोबार गरि रहेको थियो। उहाँले प्रहरीलाई दिएको बयानमा पीडितहरुको सुन फिर्ता नदिएको स्वीकार गरि सकेका छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed