विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता रुरु धाम रिडिमा हुदै

सिम्रौन्गढ़ नपा psa


रुरु धार्मिक सेवा सन्चार प्रालिले नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भएको छ ।

आउदो मंसिर १५ गते बिबाहा पन्चमिको अबसरमा कार्यक्रम गर्न लागिएको हो । सोहि कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै एस बर्ष पनि दोहोरो सन्ख बजाउने प्रतियोगिता , दिप प्रजलन ,जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कृट कृषक सम्मान ,दान वीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार प्रमाणपत्र ,द्धितिय पुरस्कार रु ५ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ३ हजार र प्रमाण पत्र, सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै एश वर्ष सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ यसै गरि सन्ख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र, दितिय पुरस्कर रु १ हजार र प्रमाणपत्र , तृतिय पुरस्कार ७ सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २ जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ ।

Karaiya Mai Notice Winter

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १ र २ का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २ का जेष्ठ नागरिक, रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यवति गाउँपालिका अस्लेवा १ का जेष्ठ नागरिक सम्मान गरिने छ साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष चुरामणी तिमिल्सिनाले जानकारी दिनुभयो ।

रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाइ भन्डाराको समेत ब्यबस्था गरिने आयोजकले जनाएको छ । यसै दिन सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागबत पाठपारायण, बेद पाठ ,चन्डी पाठ, हबन, सिबजिको पुजा, ग्रहसान्ती समेत गरिने छ

कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान पनि गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा गरिने आयोजकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed