विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङमा ५ नयाँ प्रहरी चौकी स्थापना हुने

मोरङमा ५ नयाँ प्रहरी चौकी स्थापना हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
मोरङको विभिन्न ठाउँमा ५ वटा थप नयाँ प्रहरी चौकीको स्थापना हुने भएको छ। यस अघि मोरङमा स्थायी र अस्थायी गरेर ९२ वटा प्रहरी चौकी रहेको भियो भने अब नयाँ ५ वटा थप गरि ९७ वटा पुग्ने छ।
संघीय सरकारबाट स्वीकृत भइ थप हुन लागेको प्रहरी चौकिहरुमा बुढिगंगा गाउँपालिका बाँसबारी ,ग्रामथन गाउँपालिका तेतरिया, कटहरी गाउँपालिका कटहरी, जहदा गाउँपालिका तारेगामा र लेटाङ नगरपालिका बुधबारे रहेको छ।
प्रहरी चौकि थप गरिए संगै प्रत्येक प्रहरी चौकिमा १५ जना प्रहरीको दरबन्दी कायम गरिए संगै अब जम्मा ७५ जना प्रहरीको दरबन्दी थप गरिएको प्रहरी प्रमुख एसपी बिश्व अधिकारले बताउनु भयो। अधिकारीका अनुसार चौकीको लागि जग्गा उपलब्ध भएपछि निर्माण गरि संचालनमा ल्याउने बताउनु भयो। उहाँले हाल लेटाङ नगरपालिकाको बुधबारे र जहादा गाउँपालिकाको तारेगामाको लागि जग्गा उपलब्ध भइ सकेको र निर्माणको क्रममा रहेको बताउनु भयो।
सर्वसाधारणको माग र आवश्यकतालाई ध्यानमा राख्दै गरिएको सिफारिसलाई प्राथमिकता दिदै पहिलो चरणमा ५ वटा प्रहरी चौकी निर्माणको लागि स्वीकृति प्रदान गरिएको छ। साथै सर्वसाधारणको माग र शान्ति सुरक्षालाई प्राथमिकता दिदै प्रहरी सदैव अगाडी बढी रहने धारण व्यक्त गर्नु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed