CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे ,स्थानीय हर्षित

फेटा GP PSA
632
सिम्रौन्गढ़ नपा psa


तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे भएको छ ।
गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकालोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम सम्पन्न भएको हो । गुल्मी सदरमुकाम तम्घास जोडिने सडकपछि सदरमुकाम बाहिर ग्रामीण भेगमा पुग्ने सडकमध्ये तम्घासदेखि सिमलटारीसम्म पुरै सडक कालोपत्रे सकिएको छ । तम्घासबाट सिमलटारीसम्म २०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य अगाडी बढेको थियो ।

सडक पक्की भएसँगै यस भेगमा यात्रा गर्ने सवारी साधन र स्थानीय ढुक्कसँग यात्रा गर्ने गर्छन् । तम्घासबाट सिमलटारी पुग्नका लागि पहिले ढाइ घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ । बाटो पक्की पछि यसभेगका स्थानीय खुसी छन् । ठूलो सडक त्यसमाथी कालोपत्रेमा यात्रा गर्न पाउदा यसभेगका स्थानीय सुखको अनुभूति गरेका छन् । सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका, इस्मा गाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित भएका छन् । बाटो पक्की भएपछि सवारी साधनको भाडा पनि घटेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भाडा घटेसँगै पक्कीबाटोमा यात्रा गर्दा यसभेगमा चल्ने सवारी साधान र यात्रु स्थानीयलाई सहज भएको बताउछन् । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको हो । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिीनियर सुनित केसी बताउनुभयो ।

८७ करोड ९१ लाखको लागत रहेको सकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको इन्जिीनियर केसी बताए । तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदनभण्डारी राजमार्गले जनाएको छ । राजमार्गको अन्य सडक चिन्ह्, किलोमिटर लगायतका संकेतहरु राख्नको निम्त काम भइरहेको आयोजनाले जनाएको छ । सोहि राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ । सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने कार्य अगाडी बढेको छ ।

केही भाग बाहेक सबै छल्दी खोलाबाट सवारी साधानहरु आवत जावत गर्ने गर्दथे । तर सडक सुचारु भएको झण्डै ३० वर्ष पछि भने कालोपत्रे भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश